बैशाख १२, २०८१ बुधबार

बाँस्कोटाको घरमा विष्फोट भएकै क्षेत्रबाट विप्लवका नेता पक्राउ

काठमाडौं, २८ फागुन । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट भएकै क्षेत्रबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लवका एक नेता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला कमिटी सदस्य देवबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई भक्तपुरको मनोहराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख (एसपी) सविन प्रधानले जानकारी दिएका छन् ।

उनलाई बाँस्कोटाको घरमा विष्फोट भएको केहि घण्टामै पक्राउ गरिएको हो । ‘महोहराबाट विप्लव समूहका एक नेता पक्राउ परेका छन्’, एसपी प्रधानले भने, ‘उनीमाथि अनुसन्धान भइरहेको छ ।’

उनीमाथि बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको घरमा विष्फोट गराएको प्रहरीको आरोप छ । बाँस्कोटाको घरमा भएको विष्फोटमा पनि उनको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।
प्रचण्डद्वारा बम प्रहारको निन्दा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आज बिहान गरिएको प्रेसर कुकर बम प्रहारको घटनाको निन्दा गरेका छन्।

अध्यक्ष दाहालले आज विज्ञप्ति जारी गरी मध्यपुर नगरपालिका वडा नं १ लोकन्थली भक्तपुरस्थित निजी निवासमा आतङ्ककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको उल्लेख गरेका छन् । ‘म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु, घटनामा संलग्न अपराधीलाई नियन्त्रणमा लिन र कडा कानूनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार  १ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]