बैशाख २६, २०८१ बुधबार

क्रसम्याच नगरी रगत प्रयोग गर्दा बिर्तामोडमा ९ महिने सुत्केरीको मृत्यू

बिर्तामोड । क्रसम्याच नगरी बिरामीलाई रगत लगाउँदा २८ वर्षीया मुना राईको आज बिहान ५ बजे मृत्यू भएको छ । मृतक महिलाको श्रीमान आशिष राईले अस्पतालमा ब्लडबारे जानकारी नलिई रगत लगाइएका कारण मृत्यू भएको दावी गरेका छन् । उनले जण्डिसको उपचारका लागि गत २४ गते श्रीमतिलाई बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याएको थिए ।

च्याङथापु –६ पाँचथर घर भएकी मुनाको मृत्यू भएपछि परिवारले अस्पतालको लापरबाहीका कारण मृत्यू भएको बताएका छन् । यसै विषयले लिइर अस्पतालमा सामान्य तनाव भइरहेको छ । घटनाबारे सत्यतथ्य खोजी गर्न अस्पताल प्रशासन, रेडक्रसका प्रतिनिधि र पीडित पक्षबिच छलफल चलिरहेको छ ।

श्रीमतिको उपचारका लागि आवश्यक रगतका लागि मुनाको रगत विएण्डसी स्थित ब्लड बंैक पठाइएको थियो । उनको श्रीमान आशिषले ५ पाउण्ड रगत सोही ब्लड बैंकबाट ल्याएर प्रयोग गरेका थिए । छैंटौ पटक रगत लिन पुगेका आशिषले सो ब्लड बैंकमा रगत नभएपछि उनी बिर्तामोड रेडक्रसमा पुगेका थिए ।

बिर्तामोड रेडक्रसका अध्यक्ष सजेश शिवाकोटीले बिरामीको सेम्पल रगत बिएण्डसीको ब्लड बैंकमा रहेकोले क्रसम्याच गर्न कर्मचारीले त्यहि पठाएको जानकारी दिए । उनले भने, हामीसँग सेम्पल रगत नभएपछि जहाँ हुन्छ त्यहि पठाएका हौं । तर, बिरामीले सिँधैं अस्पताल लगेर दिएको बुझियो ।

विएण्डसीमा रहेको ब्लड बैंकमा क्रसम्याच गर्न पठाएको रगत अस्पतालमा पु¥याएपछि त्यसको प्रयोग भयो । क्रसम्याच नभएको रगत प्रयोग गरेका कारण बिरामीको मृत्यू भएको परिवारको बुझाई छ । रेडक्रसले क्रसम्याच गर्न भन्यो, आशिषले सिधैं अस्पताल लगेपछि रगत प्रयोग भइहाल्यो । अस्पताल प्रशासन भन्छ, क्रसम्याच गर्न पठाएको रगत नगरी ल्याउँदा दुर्घटना भयो । यसबारे कहाँ त्रुटि भएको छ, हामी छलफल गर्दैछौं– अस्पतालका एक सदस्य ज्ञानु प्रसाईले भने ।

यता, विरामीका आफन्तले क्रसम्याच हेर्ने दायित्व अस्पतालको भएको बताएका छन् । मृतकका श्रीमानले भने, – मलाई कसरी थाहा हुन्छ ? त्यो त रगत प्रयोग गर्नेले नै हेर्नुपर्छ ।

ब्लड बैंकले क्रसम्याच नगरेको रगतबारे लेखेरै पठाएको हुन्छ, रेडक्रस बिर्तामोडका अध्यक्ष शिवाकोटीले भने– रगत प्रयोग गर्दा कागज हेर्नुपर्छ । तर, क्रसम्याच भएको छ भने अस्पताल र ब्लड बंैकको त्रुटि हुने छैन । यसैबारे कागजात हेर्ने गरी र त्रुटि खोज्ने गरी समाधान निकाल्न छलफल गरिरहेको बताइएको छ ।
मृतक मुनाको ९ महिनाको सन्तान रहेको आशिषले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार  २ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]