बैशाख २१, २०८२ आईतबार

सुनचाँदीको मूल्य घट्दो क्रममा

काठमाडौँ, २१ वैशाखःसाताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार  भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी रु एक हजार ९६५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार  १ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]