बैशाख २६, २०८१ बुधबार

ब्लडको क्रसम्याच ख्याल नगर्नु कसको गल्ती ?

परिवारलाई ६ लाख सहयोग

बिर्तामोड । सामान्य त्रुटिले बिर्तामोडमा एक जना महिलाको मृत्यू भएको छ । उपचारको क्रममा च्याङथापु – ६ पाँचथरकी मुना राईको मृत्यू भएको हो ।

उनलाई उपचारको क्रममा दिइएको रगत क्रसम्याच नभएको कारण मृत्यू भएको निष्कर्ष निकालिएको छ । मृत्यू पश्चात मनमोहन अस्पताल बिर्तामोडमा तनाव भएको थियो । मृतक परिवारको पक्षबाट नेपाल विधार्थी संघका नेता , कार्यकर्ताले अगुवाई गरेका थिए । तनाव हुने परिस्थिति बढेपछि विवाद समाधानका लागि सरोकार पक्षविच सहमति भई मृतक परिवारलाई अस्पतालले ६ लाख दिने भएको छ । उपचारका लागि अग्रिम जम्मा गरिएको १४ हजार र घरसम्म शव पु¥याउने भाडा अस्पतालले व्यहोरेको जनाइएको छ ।

क्रसम्याच नै मुख्य कारण

गत २४ गते उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा राईलाई ल्याइएको थियो । उनको बुधबार बिहान मृत्यू भएको छ । मृतकका श्रीमान आशिष राईले अस्पतालमा ब्लडबारे जानकारी नलिई रगत दिइएका कारण मृत्यू भएको दावी गरेका छन् । उनले जण्डिसको उपचारका लागि श्रीमतिलाई अस्पताल ल्याएका थिए ।

यसै विषयलाई लिएर बुधबार दिउँसो अस्पतालमा सामान्य तनाव पनि भयो । घटनाबारे सत्यतथ्य खोजी गर्न अस्पताल प्रशासन, रेडक्रसका प्रतिनिधि र पीडित पक्षबिचको छलफलले समाधान निकालेको छ ।

आवश्यक रगतका लागि मुनाको सेम्पल रगत विएण्डसीस्थित ब्लड बंैक पठाइएको थियो । उनको श्रीमान आशिषले ५ पाउण्ड रगत सोही ब्लड बैंकबाट ल्याएर प्रयोग गरेका थिए । छैंटौ पटक रगत लिन पुगेका आशिषले सो ब्लड बैंकमा रगत नभएपछि उनी बिर्तामोड रेडक्रसमा पुगे । बिर्तामोड रेडक्रसका अध्यक्ष सजेश शिवाकोटीले बिरामीको सेम्पल रगत बिएण्डसीको ब्लड बैंकमा रहेकोले क्रसम्याच गर्न कर्मचारीले त्यहि पठाएको जानकारी दिए । उनले भने, हामीसँग सेम्पल रगत नभए पछि जहाँ हुन्छ त्यहि पठाएका हुन्छौं । तर, बिरामीका श्रीमानले सिँधैं अस्पताल लगेर दिएको बुझियो ।

रेडक्रसका कर्मचारीले कागजमा विएण्डसी जानु भनेर लेखे पनि उनलाई नभनेको बुझिएको छ । कागजमा के लेखिएको थियो भन्ने बारे थाहा नहुँदा उनले सिँधै अस्पतालमा रगत पु¥याए । यदि रेडक्रसका कर्मचारीले कागजमा लेखे पनि मौखिक रुपमा बिएण्डसीको ब्लड बैंक जानु भनेका थिए भने यति ठुलो दुर्घटना नहुने बताइएको छ । रेडक्रसका कर्मचारीले नभन्नु, श्रीमानले कागजमा लेखिएको नहेर्नु र रगत प्रयोग गर्नेले क्रसम्याच भए नभएको ख्याल नगर्दा मुनाको ज्यान गएको हो । अस्पतालका एक सदस्य भन्छन्, ‘क्रसम्याच बिना रगत कसैले ल्याउँदैनन्, त्यसैले कर्मचारीले ख्याल नगरेको हुन सक्छ । जानीजानी कसैले पनि यस्तो गर्दैन । ’

विएण्डसीमा रहेको ब्लड बैंकमा क्रसम्याच गर्न पठाएको रगत अस्पतालमा पु¥याएपछि त्यसको प्रयोग भयो । क्रसम्याच नभएको रगत प्रयोग गरेका कारण बिरामीको मृत्यू भएको परिवारको बुझाई छ । रेडक्रसले क्रसम्याच गर्न भन्यो, आशिषले सिधैं अस्पताल लगेपछि रगत प्रयोग भइहाल्यो । अस्पताल प्रशासन भन्छ, क्रसम्याच गर्न पठाएको रगत नगरी ल्याउँदा दुर्घटना भयो, अस्पतालका एक सदस्य ज्ञानु प्रसाईले भने । यता, विरामीका आफन्तले क्रसम्याच हेर्ने दायित्व अस्पतालको भएको बताएका छन् । मृतकका श्रीमानले भने, – मलाई कसरी थाहा हुन्छ ? त्यो त रगत प्रयोग गर्नेले नै हेर्नुपर्छ ।

घटनाको स्वरुप हेर्दा रेडक्रसका कर्मचारी, मृतकको श्रीमान र रगत प्रयोग गर्ने कर्मचारीको सामान्य त्रुटिले ठुलो दुर्घटना भएको देखिएको छ ।

प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]