बैशाख २५, २०८२ बिहीबार

कनकाई बालमैत्री नगर घोषणा, ५३ सूचक पूरा

चन्द्र बस्नेत

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले नगरलाई बालमैत्री नगर घोषणा गरेको छ । नगरको १२ औं स्थापना दिवसको अवसर पारेर आज एक समारोहकाबीच बालमैत्री स्थानीय शासनयुक्त तथा खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको कार्यक्रमका अध्यक्ष, नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो।

बालकल्याण अधिकारी उमानाथ ढकालका अनुसार कनकाई नगरपालिका झापाको तेस्रो र कोशी प्रदेशको पाँचौं बालमैत्री नगर बनेको हो। प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बालविवाह न्यूनीकरण, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा कार्ययोजना बनाएर काम गरिने प्रतिबद्धता जनाउनुभयो।

बालमैत्री नगर घोषणा कार्यक्रमको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्कीले गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, शिवसताक्षि नगरपालिका नगर प्रमुख मेघा हाङ थोप्रा रोशन, नेपाली कांग्रेस नगर सभापति दुर्गा प्रसाई, नगरका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले घोषणा कार्यक्रमलाई सफल कार्यनयन तर्फ अगाडी बढाउन सुझाव दिनुभएको थियोे ।

नगर कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय २०७९ माघ १८ गते पारित भएको थियो। स्वागत प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले गरेको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले औचित्य माथी प्रकाश पार्नुभएको थियोे ।

बालसञ्जाल कनकाई नगर सस्थापक अध्यक्ष अबिशेक मिश्र , अध्यक्ष विजय तिवारी लगायतले बालबालिकाका हकमा नगरसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
नगरका सम्पुर्ण जनप्रतिनिधि आम नगर बासी नगर भरि रहेका निजि तथा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी , कर्मचारी सुरक्षा निकाय तथा सन्चारकर्मी समेत सहभागीता रहेकोे थियोे ।

कार्यक्रममा लिम्बु, किरात, सन्थाल समुदाय, बालसञ्जाल, स्काउट, नौमती बाजा समूहहरूको सहभागितामा भृकुटी मावि दुर्गापुरबाट नगर कार्यपालिका भवन सम्म ¥याली निकालिएको थियो।यसैगरी बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । यसअघि कनकाईले नगर क्षेत्रमा सुर्तिजन्य पदार्थको सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै बन्द क्षेत्र घोषणा गरिसकेको छ ।

सुनिश्चित बालमैत्री वानी व्यहार सुखी र समृद्ध कनकाईको आधार बालमैत्री नगरको दिगोपनका लागि सवै जुटौं, कोही नछुटौं भन्ने नाराका साथ नगरलाई बालमैत्री नगर घोषणा गरिएको हो । कार्यक्रमको सन्चालन जनप्रतिनिधि द्वय रिता उप्रेती र निर्मला खड्काले संयुक्त रुपमा गर्नुभएको थियोे ।

प्रकाशित मिति : बैशाख २५, २०८२ बिहीबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]