बैशाख ११, २०८१ मंगलबार

ब्लड बैंकले सतर्कता अपनाओस्

सम्पादकीय

बुधबार बिहान झापाको बिर्तामोडस्थित अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भयो । मृत्युको कारण रगत थियो । डिस्चार्जको अन्तिम तयारी भइरहेको बेला उनको शव बुझ्न परिवार बाध्य भयो । सानो प्राविधिक त्रुटिले ठुलो क्षति ब्यहोर्नु पर्दा परिवार विक्षिप्त भयो । रातभर श्रीमतिसँगै बेडमा रुँगेर सुतेका श्रीमानले बिहान श्रीमतिको आवाज सुन्न पाएनन् । उपचारपछि स्वास्थ्य सुधार भइरहेको अनुभूति गरेका पाँचथरका आशिष राईले २८ वर्षीय श्रीमति मुना राईलाई गुमाए ।

फागुन २४ गते उपचारका लागि झापा आएका आशिषले २८ गते शव बुझेर गए । श्रीमतिलाईलाई रगतको धेरै अभाव थियो । जम्मा ६ पाउण्ड रगत चढाए । ५ पाउण्डसम्म चढाउदा कुनै समस्या भएको थिएन । छैटौं पाउण्ड रगत उनको शरीरले स्वीकार गरेन । ब्लड क्रसम्याच नगरी प्रयोग गर्दा उनको ज्यान नै गयो । जसको ९ महिलाको सन्तान पनि हुर्किरहेको थियो । बिर्तामोडको विएण्डसीसँगै रहेको ब्लड बैंकबाट उनले रगत ल्याएर प्रयोग गर्दै आएका थिए । तर, बिर्तामोड रेडक्रसबाट ल्याएको रगत क्रसम्याच नगरी प्रयोग गर्दा श्रीमति गुमाउनु परेको छ ।

यो घटनाले सबैलाई सचेत बनाएको छ । अधिकांशलाई क्रसम्याच बारे थाहा छैन । एउटै समूह भएपनि कतिपयलाई ब्लड क्रसम्याच गर्नैपर्छ । रगत विरामीसम्म पु¥याउने विरामीका आफन्त हुन्छन् । उनीहरुलाई यसबारे कम ज्ञान हुन्छ । रेडक्रसबाट क्रसम्याचका लागि विएण्डसीको ब्लड बैंक लैजानु भनेको रगत सिँधै अस्पताल पु¥याइयो । यदि क्रसम्याच गरेको भए मुनाको मृत्यू हुने थिएन । अस्पतालका कर्मचारीले पनि ब्लड क्रसम्याच भए, नभएको ख्याल गर्नैपर्छ । उनीहरुले पनि सावधानी अपनाएनन् भने दुर्घटना हुन्छ । यसैले ब्लड बैंकले रगत उपलब्ध गराउँदा अनिवार्य यसबारे जानकारी दिन जरुरी देखिन्छ । यदि अब पनि सतर्कता नअपनाउने हो भने दुर्घटना दोहोरिन सक्छ । यसैले अर्को दुर्घटना हुन नदिन सम्बन्धित सबैले ख्याल गर्न आवश्यक छ ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]