हावाहुरीले बाह्रदशीको केरा खेतीमा ठुलो क्षति
बिर्तामोड । आज साँझ आएको हावाहुरीले झापाको बाह्रदर्शी –७ बत्तिसविगा क्षेत्रमा लगाएको केरा खेतीमा ठुलो क्षति पुगेको छ । ४० विगाभन्दा धेरै क्षेत्रफलमा लगाइएको केरा खेतीमा लाखौंको नोक्सान भएको छ । आधाभन्दा धेरै केरामा क्षति पुगेको जनप्रतिनिधि समेत रहेका किसान मिलन संग्रौलाले जानकारी दिए ।
संग्रौलाका अनुसार ५० प्रतिशत केरामा क्षति पुगेको छ । उनले लगाएको अढाई विगा क्षेत्रफलको केरामा शतप्रतिशत क्षति भएको जानकारी दिए । एक विगा बराबर ३ लाखदेखी ४ लाखसम्म क्षति हुने उनको अनुमान छ । चिनी चम्पा जातको केरा खेतिबाट अहिले किसानले विक्री समेत गरिरहेका थिए भने कतिपयको पोसाउने बेला भएको थियो ।