चैत्र १५, २०८० बिहीबार

दूधेमा प्रदेश स्तरीय भेट्रान कप हुने

शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । दूधे खेल मैदानमा आगामी चैत्र १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ७५ हजार र द्वितीय हुने टिमले रु ४५ हजारसहित मेडल, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष थोप्राले बताए । प्रतियोगितामा विराटनगर, इटहरी, धरान, दमक, सुरुङ्गा चन्द्रगढी, विर्तामोड, धाइजन र आयोजकबाट ए र वी गरी जम्मा १० टिम समावेश हुने स्व. कर्ण बहादुर नेम्वाङ्ग छोरा सन्तोष नेम्वाङ्गले जानकारी दिए ।
खेलाडीले मेन अफ दी टुर्नामेन्ट ५ हजार, मेन अफ दी म्याच १ हजार प्राप्त गर्ने आयोजक कर्णबहादुर नेम्वाङ्ग स्मृति भेट्रान क्लबले जनाएको छ ।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कार स्व. कर्णबहादुर नेम्वाङ्गको परिवारले उपलब्ध गराउने सन्तोष नेम्वाङ्गले जानकारी दिए । प्रतियोगितामा ८ लाख खर्च हुने बताइएको छ । अन्य रकमका लागि साथी भाईको सहयोग र विभिन्न कम्पनीहरुसँग स्पोन्सरका लागि कुरा भईरहेको खेल संयोजक सन्तोष थोप्राले बताए ।

यसै बीच दूधे गोल्डकप २०७४ को आय व्यय सार्वजनिक गरिएको छ । गोल्डकप आयोजक दूधे युथ क्लबले २९ लाख १ हजार २ सय आम्दानी र २७ लाख ३४ हजार खर्च विवरण सार्वजनिक गरेको हो ।

जसमा १ लाख ७ हजार २सय रकम उठ्न बाँकी रहेको दूधे युथ क्लबका अध्यक्ष थोप्राले जानकारी दिए । गोल्डकपमा दाताबाट रकम उठ्न ढिला हुँदा समयमै आय व्यय सार्वजनिक गर्न नसकिएको अध्यक्ष थोप्राको भनाई थियो ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]