११ बजेपछि पनि उठ्दैन कोरोना बुझ्ने १११५ नम्बर
बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबारदेखि शुरु गरेको कोरोना भाइरस (कोभिड–१५) बारे बुझ्न पैसा नलाग्ने नम्बर १११५ मा सम्पर्क गर्दा प्रतिनिधि उपलब्ध नभएको जानकारी दिइएको छ । सो नम्बरमा सम्पर्क गर्दा अटोमेटिक रिसिभ भई हाल प्रतिनिधि नभएको बताइने गरेको छ ।

कोरोना भाइरसबारे बुझाउन पैसा नलाग्ने नम्बर १११५ मा जानकारी दिने उदेश्यले शुरु गरिएको महाशाखाका निर्देशक वासुदेव पाण्डेले जानकारी दिए । उनले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी महाशाखाले सञ्चालनमा ल्याएको १११५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
यो नम्बरमा आउने फोन उठाउन ६ जना कर्मचारी खटाइएको भएपनि फोन गर्दा प्रतिनिधि नभएको र पछि ब्याक कल गरिने बताइने गरिएको छ । आज बिहान ११ बजेर २३ मिनेटमा कल गर्दा पनि प्रतिनिधि उपलब्ध भएका छैनन् ।