हावाहुरीले घर भत्किदा हल्दिवारीमा एकको मृत्यु
बिर्तामोड । झापाको हल्दिवारी ५ मा आज राती आएको हावाहुण्डरीमा परेर एक जनाको मृत्यु भएको छ । हावा हुण्डरीले हल्दिबारी गाउँपालिका वडा न.५ त्रिबेणी चोक बस्ने ६५ वर्षीय मान बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको आफ्नै टिनको छाना भएको टाडेघरमा सुति रहेको बेला हावाहुरीले घर भत्काउदा बिमले थिच्दा मृत्यु भएको हो । बिमले थिचेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाल्दा उनको मृत्यु भई सकेको थियो ।