जेष्ठ ५, २०८१ शनिबार

प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ ।

१९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।

यद्यपि उनलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिहरुबाट टाढा रहन सल्लाह दिइएको चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]