चैत्र १६, २०८० शुक्रबार

कनकाई च्याम्पियन

झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको उपाधि जितेको छ ।

साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो । अर्जुनधारा ९ खरबन्दीस्थित नमुना खेलमैदानमा आयोजित प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलोपल्ट जितेको हो ।

कनकाईको जीतका लागि खेलको २८औं मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । खेलको ६९औं मिनेटमा पवित्रा लिम्बूले गोल गरे पनि हार भने टार्न सकिनन् ।
प्रतियोगिताको विजेता कनकाईले नगद १ लाख २५ हजार पायो भने उपविजेता ताप्लेजुङले ७५ हजारसहित शिल्डमा चित्त बुझायो । त्यसैगरी प्रतियोगिताको व्ुमन अफ द टुर्नामेन्ट कनकाईकी कुसुम खतिवडाले १२ हजार, फाइनल खेलको वुमन अफ द म्याच कनकाईकी नेहा चौधरीले पाँच हजार र बेस्ट कोच कनकाईका सन्त रायमाझीले पाँच हजार प्राप्त गरे ।

त्यस्तै बेस्ट फरवार्ड कनकाईकी लक्ष्मी श्रेष्ठ, बेस्ट मिडफिल्डर ताप्लेजुङकी सुनकला राई, बेस्ट डिफेन्स कनकाईकी सुस्मिता चौधरी र बेस्ट गोल किप्पर कनकाईकी जशोदा लावतीलाई जनही सात हजार प्रदान गर्दा प्रतियोगिताको फेयर प्ले पारिजात महिला फुटबल क्लब झापालाई नगद १० हजारसहित ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक राज्य विकास मन्त्री जसमाया गजमेर, प्रदेश सांसद्हरु अर्जुन राई, वृख प्रधान र हिरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराईलगायतले नगद तथा पुरस्कारहरु प्रदान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत प्रदेश सांसद् एवम् प्रतिष्ठानका सदस्य वृख प्रधानले र कार्यक्रमको सञ्चालन महासचिव हर्कराज राईले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]