पत्रकार राईलाई तर्साउन अर्जुनधारा माविको प्रअले गरिन किर्ते निर्णय
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य एवम् इजलास दैनिकका संवाददाता ईन्द्रकुमार राईलाई अर्जुनधारास्थित एक विद्यालयकको प्रधानाध्यापकले माईन्युट किर्ते गरेर तर्साउने प्रयास गरेकी छन् ।
झापाको अर्जुनधारा–४ भाङबारीमा रहेको अर्जुनधारा माविका प्रधानाध्यापक बेदमाया निरौलाले माईन्युट किर्ते गरेर सञ्चारकर्मीलाई तर्साएकी हुन् ।
प्रधानाध्यापक नियुक्तिको बिषयलाई लिएर सञ्चारकर्मी राईले सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उनले योग्यता नपुगेको प्रअ भएका कारण सो बिद्यालयको शैक्षिक गुणस्तर खस्केको समेत आरोप लगाएका थिए । उनले सामाजिक सञ्जालमा बैशाख २४ गते फेसबुकमा स्टाटस लेख्दै नगरपालिकाको शिक्षा शाखालाई यो बिषयमा ध्यानाकर्षण गराएका थिए ।
निमावि तहको शिक्षक मावि तहको प्रधानाध्यापक हुन नसक्ने सञ्चारकर्मी राईको धारणा स्टाटसमा स्पष्ट छ । उनको पोष्टप्रति आपत्ति जनाउँदै बिद्यालयकी प्रअले कानुनी उपचार खोज्ने बताएकी थिइन् ।
बिद्यालय व्यवस्थापन समितिको बैठकमा राईलाई स्टाटस सच्याउन लगाउने मौखिक कुराकानी भएको बताउँदै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकदेव खनालले खेद प्रस्ताब पारित गर्ने निर्णय नभएको जानकारी दिए । उनले पत्रकार राईसँगको सानो असमझदारीलाई छलफलबाट समाधान गर्ने कुराकानी मात्र भएको बताए ।
तर, प्रधानाध्यापक बेदमाया निरौलाले पुरानो माइन्युटमा राईले सामाजिक सञ्जालमा बिद्यालयमाथि नकारात्मक टिप्पणी गरेर बिद्यालयको छविमा आँच आएको उल्लेख गरिएको छ । राईले कपोकल्पित तथा भ्रामक तथ्य पोष्ट गरेको भन्दै माइन्युटमा ‘घोर भत्र्सना’ गर्छौं, भनिएको छ । माइन्युटमा पोष्ट हटाउन आग्रह गर्दै अन्यथा कानुनी उपचार खोज्ने चेतावनी दिइएको छ ।
बिद्यालयले राईलाई बिद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै बैशाख २६ गते काटेको पत्र जेठ १ गते थमाएको छ । तर, उनले बिद्यालयको छविमा आँच आउने स्टाटस लेखेको भन्दै गत माघ ७ गतेको निर्णयमा पाना थपेर टाँस गरिएको छ ।
पत्रकार राईले ०८२ बैशाख २४ गते बुधबार आफ्नो फेसबुकमा विद्यालयका बारे स्टाटस लेखेका थिए । सो स्टाटसका विरुद्ध प्रअ निरौलाले ०८१ माघ ७ गते बसको बैठकको निर्णयमा प्रस्ताव थप गरेर खेद प्रस्ताव लेखेकी थिइन् ।
राईले प्रअ निरौलाले एउटा गल्ती छोप्न बिद्यालयको माइन्युट किर्ते गरेको बताए । उनले योग्यता नपुगेका प्रअले अर्काे अयोग्य काम गरेको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । उनले बिद्यालयको माइन्युट तथा लेटरप्याड दुरुपयोग गर्ने प्रअलाई हटाएर अर्काे प्रअ नियुक्त गर्न माग पनि गरेका छन् । विद्यालयमा प्रअ निरौलालाई नै राखिरहे अन्य धेरै किर्ते कामहरु हुन सक्ने पत्रकार राईको सूझाव छ । उनले प्रअको व्यवहारबाट आफ्नो आत्मसम्मानमा ठेस पु¥याएको जिकिर गरेका छन् ।