झापामा मदन-आश्रित स्मृति दिवसमा १०२ जनाद्वारा रक्तदान
बिर्तामोड । झापामा ३२ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा आज १०२ जनाले रक्तदान गरेका छन् ।
नेकपा एमाले झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह-आयोजनामा रक्तदान कार्यक्रम जिल्ला पार्टीको परिसरमा आयोजना गरिएको थियो ।
नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईका अनुसार बिर्तामोडका ६३ सहित १०२ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडको प्राबिधिक सहयोगमा कार्यक्रम सफल भएको जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए
झापामा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै मदन-आश्रित स्मृति दिवसमा रक्तदान आयोजना गरिएको अध्यक्ष गिरीको भनाई छ । मदन-आश्रितको तस्वीरमा नेताहरुले माल्यार्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।