जेष्ठ ५, २०८२ आईतबार

जीवन बरदान अन्तर्गत सहारा साकोस घैलाडुब्बाद्वारा १ लाख राहत प्रदान

बिर्तामोड । सहारा नेपाल साकोस चारपानेद्वारा सञ्चालित गरिबी निवारण कार्यक्रम अन्तरगत घैलाडुब्बा सेवा केन्द्रको समुह नं ०३५ को जीवन बरदान कार्यक्रम अन्तर्गत सदस्य रोमा राजबंशीको परिवारलाई १ लाख रुपैयाँ राहत विरण गरिएको छ ।

राजवंशीको पक्षघात भई बिर्ता सिटि अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको उपचारमा समेत साकोसले सहयोग गरेको थियो । जीवन बरदान कोषमा योगदान गरे बापत कार्य विधि बमोजिम उपचार सुबिधासँगै सदस्यको निधन भएमा परिवार राहत रकम समेत प्रदान गर्ने प्रावधान रहेको छ ।

सोहि व्यवस्था बमोजिम शनिवार एक कार्यक्रमको आयोजना गरी सेवा केन्द्रको उपसमिति संयोजक दिब्यशोरा उप्रेतीले मृतक सदस्यको श्रीमान महादेब राजबंशीलाई १ लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा संयोजक उप्रेतीले सहारा साकोस आम सदस्यको हितमा काम गर्ने संस्था भएको र कसैले पनि यसको सदस्य भएर पछुताउनु नपर्ने र जहिले पनि सदस्यको हितमा काम गर्ने धारणा राख्नुभयो । राहत प्राप्त गर्ने राजबंशीले श्रीमती गुमाएर पीडामा रहे पनि उपचारको व्यवस्थापनदेखि राहत सम्म पनि संस्थाबाट उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो । कार्यक्रमको सहजीकरण तथा जीवन बरदान कार्यक्रमको बिषयमा सेवा केन्द्र प्रमुख निर्मला प्रसाईंले प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ आईतबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]