बैशाख ११, २०८१ मंगलबार

फिल्म हलमा नजान आह्वान

बिर्तामोड । कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले सिनेमा हलमा फिल्म हेर्न नजान आह्वान गरेको छ ।

उपप्रधान एवं रक्षा मन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि धेरै भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिमयुक्त स्थानमा सिनेमा हल लगायत धेरै मानिसको उपस्थिति रहने स्थान पर्छन् । सिनेमा हलमा धेरै दर्शक एकसाथ उपस्थित हुने कारणले गर्दा कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन जान्छ ।

यता सिनेमा हलहरुले भने उचित सावधानी अपनाइएको दाबी गर्दै आएका छन् । अहिले पनि केही सिनेमाहरु नेपालमा चलिरहेका छन् । यद्यपि शुक्रवारदेखि रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोनाकै कारण रिलिज हुन सकेन ।

प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार  १० : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]