बैशाख ११, २०८१ मंगलबार

हिमेश बने पहिलो ‘कमेडी च्याम्पियन’

काठमाडौं । हिमेश पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ बनेका छन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ को आज भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप ‘कमेडी च्याम्पियन’ बनेका हुन् । 

च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् ।  

विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’काे ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए । 

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् । 

प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]