बैशाख २३, २०८१ आईतबार

दश लाखमा ज्येष्ठ नागरिक चौतारी निर्माण

द्रोण अधिकारी

भद्रपुर । भद्रपुर –९ चन्द्रगढी स्थित देवकोटा चोकमा १० लाख १८ हजार ६ सय रूपैयाँको लागतमा निर्माण गरिएको देवकोटा जेष्ठ नागरिक चौतारीको उद्घाटन गरिएको छ ।

नवनिर्मित सो चौतारीको भद्रपुर– ९ का जेष्ठ नागरिक तथा समाजसेवी विष्णुप्रसाद शिवाकोटी र दुर्गाप्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

मेची राजमार्ग अन्र्तगत चन्द्रगढी —चारआली सडकमा रहेको देवकोटा चोक भएर आवत जावत गर्ने यात्रुहरूले सवारी साधनमा चढ्न तथा ओर्लेर बस्ने ठाउँ नहुँदा यात्रुहरू घाम पानीमै सडक छेउमा बस्नु पर्ने बाध्यता थियो । सो बाध्यता हटाउन तथा स्थानीय जेष्ठ नागरिकहरू फुर्सदको समयमा भेला भएर गफगाफ गर्ने उपयुक्त स्थानको अभावलाई मध्यनजर गरी स्थानीयबासीहरूको सक्रियतामा विभिन्न दाताहरूबाट चन्दा संकलन गरेर निर्मित चौतारीमा ३० जना मानिस अटाउने क्षमता छ ।

भद्रपुर ९ का स्व. पदमप्रसाद दाहालकी श्रीमती कौसिला दाहाल र देवकोटा स्मारक संरक्षण समितिले निशुल्क जग्गा प्रदान गरेपछि स्थानीय २३१ जना दाताहरूबाट संकलित रकमबाट १० लाख १८ हजार ६ सय रुपैयाँको लागतमा आकर्ष कलात्मक आधुनिक किसिमको सुविधा सम्पन्न चौतारीको निमाण गरिएको हो । गत कार्तिक २३ गते विधिवत रूपमा शिलन्यास गरिएको चौतारीको निर्माण भद्रपुर निवासी कलाकार तथा वास्तु डिजाइनर संजय प्रधानले गरेका हुन् ।

देवकोटा जेष्ठ नागरिक चौतारी निर्माण समितिका संयोजक सोमप्रसाद पौडेलको सभापतित्व तथा समाजसेवी एवम् जेष्ठ नागरिक विष्णुप्रसाद शिवाकोटीे र दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितकिा अध्यक्ष चुडामणी मैनाली , देवकोटा संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेल , चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोखरेल , पत्रकार चन्द्र भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]