चैत्र १५, २०८० बिहीबार

विदेशबाट फर्कने सबैलाई ‘सेल्फ क्वारेन्टाइन’

काठमाण्डाै – विदेशबाट फर्कने सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

अध्यागमन विभागले सूचना निकालेर नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको जनाएको छ ।

१४ दिनसम्म परिवारका सदस्यसँग पनि भेटघाट नगरी छुटै कोठमा बस्न विभागले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्न, मास्क लगाउन, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्न, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्न, अरु व्यक्तिसँगको दूरी बढाउन भान्सा बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजान आग्रह गरेकाे छ । 

घरबाट बाहिर ननिस्कन, बारम्बार साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन, हात धुने अवस्था नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न, आफूले प्रयोग गरेका कपडा रुमाल अरुलाई प्रयोग गर्न नदिन र अरु मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्न  मन्त्रालयले यसअघि नै आग्रह गरिसकेको छ ।

यस्तै छुट्टै बस्दा पनि नियमित तापक्रम जाँच्न र रुघाखोकी लागे तत्काल अस्पताल जान मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाको सुझाव छ । छुट्टै बसेको १४ दिनपछि कोरोनाको कुनै लक्षण नदेखिए मात्र आफन्त भेट्न उहाँको सुझाव छ ।

विदेशी नागरिक तथा आप्रवासी नेपालीलाई नेपाल आएसकेपछि दिइने अनअराईभल भिसा पनि आउँदो वैशाख १८ गतेसम्मको लागि स्थगित गरिएको अध्यागमन विभागले जनाएको छ । ने

पाल आउन चाहने विदेशी नागरिकले आउनुभन्दा बढीमा सात दिनअघि लिइएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ । सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ । 

आजदेखि भारत बाहेकका देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल आउन प्रतिबन्ध लगाइएको छ । भारतसँग पनि आउजाउका लागि विभिन्न चारवटा नाका मात्र खुला राखिएको छ ।

काकडभिड्डाको रानीगञ्ज, वीरगंजको रक्सौल, भैरहवाको सुनौली, र महेन्द्रनगरको बनबासा नाका मात्र खुला गर्ने निर्णय भएको हो । यी नाकाबाट ओहोरदोहोर गर्नेको स्वास्थ्य जाँच गरिनेछ । सामान ढुवानीका लागि भने यसअघिका सबै नाका प्रयोग हुने सरकारले जनाएको छ । 

यस्तै अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेसन लेटर स्थगित गरिएको छ । 
सरकारले संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिस भेला हुने सभा समारोह, सामाजिक कार्य एवं मेला महोत्सव सहभागी नहुन सबैलाई अनुरोध पनि गरेको छ।

प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]