बैशाख ८, २०८१ शनिबार

बिर्तामोड–भद्रपुर रोडको कालोपत्रे ‘मौसम भरोसा’

चैत २०/२२ देखि कालोपत्रे शुरु हुन्छ :निर्माण कम्पनी

बिर्तामोड । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण ५० प्रतिशत पुरा भएको कञ्चन निर्माण सेवाले जनाएको छ ।

निर्माण सेवाका सञ्चालक केदार गिरीले कामको जिम्मा लिएपछि तिब्र गतिमा काम गरिरहेको जानकारी दिए । पेटी कन्ट्याकमा निर्माणको जिम्मा पाएका राजकिशोर गुप्ताले चित्तबुझ्दो काम नगरेपछि मुख्य निर्माण कम्पनी आशिष प्रेरा जेभी ललितपुरले स्थानीय कञ्चन निर्माण सेवालाई काम दिएको थियो ।

०७५ असारमा सम्झौता भएको सडक निर्माणको काम ०७६ असोज २३ मा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर, कामले गति नलिएपछि सडक निर्माणको काम पछि धकेलिएको छ । वर्खा अगावै सडक निर्माणको काम पुरा गनेृ लक्ष्य रहेको कञ्चन निर्माण सेवाका सञ्चालक गिरीको भनाई छ । अहिले ड्रेन र सव वेसको काम चलिरहेको गिरीले जानकारी दिए । गिरीले भने – ‘चैतको २०/२२ गतेदेखि कालोपत्रे गर्ने लक्ष्य छ । पानी , झरीले साथ दियो भने वर्खाअघि बिर्तामोड–भद्रपुर सडक खण्ड कालोपत्रे पुरा गर्नेछौं ।’ उनको भनाई अनुसार कालोपत्रे भाग्य भरोसा भनेजस्तै मौसमी भरोसा छ । यदि पानी परेन र कार्यतालिका बमोजिम काम भए यो वर्षको हिलो टेक्नुपर्दैन ।

ड्रेन र सव वेसको काम सकेर अब हप्ता दिनपछि बेस हाल्ने काम थालनी गर्ने बताइएको छ । ३ महिनामा उल्लेख्य काम गरे पनि असारको झरी नजिकिँदै जाँदा यहाँका सर्वसाधरण काम नसकिएला कि भन्ने चिन्तामा छन् । बाटो बनाउन दुवै भागमा खनिएपछि व्यापारमा समेत असर पु¥याएको छ । व्यवसायीले चाँडै काम सकेर व्यापार व्यवसायको लागि सहज वातावरण बनाइदिन माग गरेका छन् ।

साविक मेची अञ्चलकै उत्कृष्ट सडक बनाउने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् । कालोपत्रेका लागि आवश्यक ल्याव टेष्टको काम चलिरहेको कञ्चन निर्माणका सञ्चालक गिरीले बताए । ल्यावबाट अनुमति पाउन साथ कालेपत्रेको काम हुनेछ । उनका अनुसार ५० एमएमको कालेपत्रे बनाउने सम्झौतमा उल्लेख छ । खानेपानी र टेलिकमले सडक निर्माणको क्रममा सहयोग गरे पनि विधुत प्राधिकरणका कारण अझै केहि ठाउँमा समस्या भइरहेको पनि गिरीले जानकारी दिए । अन्नपूर्ण चोक क्षेत्रमा ड्रेन निर्माणका लागि पानी जमेर समस्या भइरहेको गिरीको भनाई छ । ड्रेन सक्नासाथ कालोपत्रेको काम थालनी गर्ने निर्माण कम्पनीको भनाई छ ।

विभिन्न अवरोध हुँदा स्थानीयकै पहलमा सहज वातावरण बनाएर बनाइदै आएको सडक ४ हजार ७ सय मिटर लम्बाईको छ । चौडाई भने १६ दशमलव २ मिटरको छ ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले कामको रफ्तार हेर्दा वर्खा झेल्नु नपर्ने बताउछन् । उनले भने, यहि रफ्तारले काम भइरह्यो भने काम सक्छ पक्कै ढिकाई हुदैन । ‘हामीले निर्माण पक्षलाई सजग गराई रहेका छौं , पाण्डेले भने – समयमै काम सक्ने निर्माण पक्षको भनाई छ ।

बिर्तामोडका स्थानीय व्यवसायी दिपेश पाठकले अहिलेको गति अनुसार वर्खाअघि पक्कै काम सकिनुपर्ने विश्वास गरेका छन् । उनले यदि प्राविधिक कारण काम सकिएन भने व्यवसायमा ठुलो असर गर्ने बताए । व्यवसायलाई मात्र होइन, काम सकिएन भने राज्यलाई पनि आर्थिक भार हुनेछ, पाठकले थपे ।

प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार  ११ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]