बैशाख २२, २०८१ शनिबार

‘झापामा कोरोना प्रमाणित भएको होइन’

बिर्तामोड । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण भएको प्रमाणित भने भएको छैन ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँच पश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि निज व्यक्तिलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस गरेका छन् ।

‘कोरोना भाइरस संक्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँच पछि गर्नुभएको छ,’ प्रजिअ रानाले भने – ‘उपचारका लागि डाक्टरहरुकै सिफारिसमा ग्राण्डी हस्पिटल लगिएको छ ।’
यो घटनाले आम नागरिकलाई त्रसित बनाएको छ । चिकित्सकहरु भन्छन्, ज्वरो बढि देखिएको मात्रै हो, कोरोना भन्न मिल्दैन । उनीहरुले आत्तिनु नपर्ने बताएका छन् ।

प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार  ३ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]