बैशाख ७, २०८१ शुक्रबार

दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न सहयोगको अपिल

दमक । झापाको दमक नगरपालिका–५ का आशिष खनालको उपचारमा सहयोग गरिदन आफन्तले आग्रह गरेका छन् ।

बिगत ८ बर्षदेखि मृगौला रोगका कारण पीडित भएका खनालको मृगौला प्रत्यारोपणका लागि रु ३० लाख खर्च हुने र त्यसका लागि आफुहरुसँग रकम अभाव भएकाले सहयोगको याचना गरिएको आशिषका बुबा धर्मानन्द खनालले बताए ।

उनले भने, यसअघि पनि ८ बर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो , अहिले फेरि मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो , उति बेलै हामीसँग भएका सबै सम्पति सकियो र अहिले विकल्प नै नभएर सहयोग माग्न बाध्य भयौँ । उ बेला दाईलाई आमाले मृगौला दिएकी थिइन् , अहिले पनि मृगौला दिने मान्छे भेटेका छौ ,तर हामीसँग मृगौला प्रत्यारोपण गर्ने पैसा छैन, बहिनी कल्पना खनालले भनिन् ।

बृद्ध बाबुआमासँगै एक ५ बर्षका छोरा र श्रीमती उनकै भरमा बाचेका छन् । घरको मुख्य मान्छेलाई मृगौला जस्तो जटिल रोग लागेपछि उनको आश्रित परिवार पनि बिचल्लीमा परेका छन् । हाल उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा डायलसिस गरिदै आएको र डायलसिस गर्ने पैसा समेत नभएको बहिनी कल्पनाले बताइन् ।

आशिषको उपचारमा सहयोग गर्न नेपाल जेसीसका पूर्वराष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीको संयोजकत्वमा २० सदस्यीय आशिष खनाल बचाउ अभियान समिति गठन गरिएको छ ।
आशिषलाई सहयोग गर्न चाहने महानुभावहरुले एनआईसी एसिया बैंकमा आशिषका बुबाको नाममा रहेको खाता नम्बर ०१४०१०००३६००७७०००००१ मा रकम जम्मा गर्न सकिने बताइएको छ ।

सोही अवसरमा दमक –१ का युवराज दंगालले रु ५ हजार सहयोग हस्तान्तरण गरे । सानो–सानो सहयोगले पनि उपचारमा राहत पुगोस् भनेर आफुले पनि सहयोग प्रदान गरेको दंगालले बताएका छन् ।

प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]