बैशाख १३, २०८१ बिहीबार

अमेरिकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आज ४५ व्यक्तिमा परीक्षण गरिंदै

एजेन्सी । चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना ९कोभिड–१९० भाइरसविरुद्धको आज अमेरिकामा परीक्षण हुँदैछ ।

एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ ।

Blood sample with coronavirus positive

विश्वव्यापी प्रकोपको रुप लिएको कोरोना भाइरसविरुद्ध अमेरिकाले उत्पादन गरेको खोपको आज ९सोमबार परीक्षण० हुने भएको हो । यो खोप लिन स्वस्फूर्त रूपमा तयार भएका व्यक्तिलाई यो खोप दिइने छ । यो परीक्षण खोप लिन ४५ जना स्वतःस्फूर्त रूपमा तयार भइसकेका छन् ।

बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण ९क्लिनिकल ट्रायल० शुरु गर्न लागिएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने थाहा पाउन परीक्षण गर्न लागिएको हो । यस खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार  १ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]