बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडको तक्षशीलाद्वारा विधार्थीलाई यातना , सरकारको निर्देशन उल्लंघन गर्दै भेलाको आयोजना

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेशन फाउण्डेशनले बिधार्थीलाई यातना दिएको छ । नाच्दानाच्दै गरेको विधार्थीलाई यातना दिएर रुवाँउदै घर फर्काएको अभिभावक गणेश पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले यस्तो लेखेका छन्, कोरोना संक्रमणको त्रास छ । स्कुलमा सबै अभिभावक बोलाएर कार्यक्रम नगर्न मैले छोरी पढ्ने तक्षशीला नामको स्कुलमा फोन गरेर भने । नानीहरुलाई स्कुल लिएर जान्छौं । तर कार्यक्रममा आएर आफैंले लिएर जानु भन्ने पत्र आएको छ, त्यसो नगर्न आग्रह गरेँ । त्यो स्कुलका व्यवसायीले छोरीलाई नाच्न लगाउँदै रहेछन् । मैले फोन गरेपछि ती स्कुलका व्यापारीले छोरीलाई नाच्न लगाएको ठाउँबाट हटाएर रुवाउँदै घर पठाएछन् । विवेक छ कि छैन ? त्यो स्कुल चलाउनेको ? मैले कार्यक्रम नगर कोरोनाको त्रास छ सबैतिर कार्यक्रम बन्द गरिएका छन् भन्दा ६ वर्षको नानीलाई यातना दिने ? स्कुल चलाउने भन्ने मान्छेको विवेक गुमैकै हो ? मेरो नानीलाई त नाच्नबाट हटाउनुभयो, अरु अभिभावकाले थाहा पाएनन् , भनेन् भन्दैमा राज्यले रोक लगाएको कार्यक्रम गर्न लाज लाग्दैन ? भोलि छोरी स्कुल आउँदा फेरि कुनै नाममा यातना दिने काम नगर्न आग्रह छ । भोलि स्कुल नपठाउँ भने परिक्षा छ । भन्छन्, पर्सि मात्र परिक्षा सकिन्छ रे । के गर्ने होला, सबैको सुझाव पाउँ । पोखरेलको छोरी रौप्य पोखरेल तक्षशीलामा अध्ययनरत छिन् ।

यसबारे विधालयकी प्रिन्सिपल श्रद्धा गिरीले कुनै प्रतिक्रिया दिन मानिन् । उनले राती सुत्ने समयमा फोन नगर्नु भन्दै प्रतिक्रिया दिन नमानेकी हुन् । कुनै काम भए बिहान ९ बजेपछि फोन गर्नु भन्दै सम्पर्क टुटाइदिन् । उनलाई इजलास दैनिकको समाचार कक्षबाट ८ बजेर १७ मिनेटमा सम्पर्क गरिएको थियो । उनले सोहि घटना बारे बुझ्ने थाहा पाएपछि विहान सम्पर्क गर्नु भनेकी हुन् । रातको समयमा बोल्न नमिल्ने भएपछि स्वभाविक रुपमा फोन स्वीच अफ हुनुपर्ने हो । तर, फोन अन राखेर पनि बोल्न नमान्नु विधालयको प्रिन्सिपलमा हुनुपर्ने सामान्य जिम्मेवारी समेत नभएको इजलासले महसुस गरेको छ । यसले असल विधार्थी उत्पादन हुने कुरामा शंका उब्जाएको छ ।

सरकारले सभा, सम्मेलन र कुनै पनि भीडभाडको कार्यक्रम नगर्न निर्देशन गरेपनि तक्षशीलाले विधालयमा भव्य भेला सहितको कार्यक्रम आयोजना गरेको छ । प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालले विधार्थीलाई यातना दिने संस्था विधालय नै हुन नसक्ने बताएका छन् । उनले तक्षशीला प्याब्सनसँग आवद्ध नभएकाले त्यसबारे धेरै बोल्न उचित नभएको प्रतिक्रिया दिए । भोलीको भेला बारे उनले भने, सरकारको निर्देशन पालना गर्नुपर्छ । विधालय क्षेत्र संवेदनशील क्षेत्र हो ।

सामाजिक सञ्जालमा पत्रकार पोखरेलले घटनाबारे जानकारी दिएपछि विधालयसँग अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । विधालयको व्यापाक आलोचना सामाजिक सञ्जालमै भइरहेको छ ।

प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]