बैशाख १३, २०८१ बिहीबार

स्थानीय सरकारलाई टेरेन तक्षशीलाले

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेशन फाउण्डेशनले बिधार्थीलाई यातना दिएको आरोप अभिभावकले लगाएका छन् । बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको तयारीका लागि नाच्दै गरेको अवस्थामा बच्चालाई हटाएर मानसिक यातना दिएको आरोप अभिभावकको छ ।

सोमबार नृत्यको रिहर्सल गरिरहेको समयमा तक्षशीला एजुकेशन फाउण्डेसनको कक्षा–१ मा अध्ययनरत ६ बर्षीया रौप्य पोखरेललाई बिद्यालयले रिहर्सल गर्नबाट रोक लगाएको थियो । रिहर्सल गर्न नपाएपछि आफ्नी छोरी रुँदै घर आएको अभिभावक दिपा पोखरेलले बताईन् । सञ्चालकको डरका कारण उनी मंगलबार बिद्यालय जान नमानेपछि अभिभावक आफैले पु¥याएर आएका थिए ।

बिद्यालयले मंगलबार बिविध सांस्कृतिक कार्यक्रम सहित बार्षिकोत्सब मनाएको छ । सोही कार्यक्रमको तयारीका लागि रिहर्सल गर्दै गर्दा पोखरेललाई बिद्यालयले हटाएको थियो । बिद्यालयले बार्षिकोत्सब कार्यक्रमका लागि अभिभावकलाई समेत निम्तो गरेको थियो । कार्यक्रमपछि फर्कदाँ बिद्यार्थी लिएर फर्किनुपर्ने शर्त पत्रमा थियो । अभिभावक गणेश पोखरेलले बिद्यालयलाई महिनाभरीको भाडा तिरिसकेकोले बिद्यालयले सधै जस्तै घर पु¥याउनु पर्ने जिकिर गरेको बताएका छन् । सोही बिवादपछि बिद्यालयले रिहर्सल गरिरहेकी बालिकालाई हटाएको पोखरेलको दावी छ ।

कोरोना संक्रमण हुने भयले सरकारले सभा, सम्मेलन र कुनै पनि भीडभाडको कार्यक्रम नगर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम बालबालिका अध्ययन गर्ने संवेदनशिल क्षेत्र बिद्यालयमा बार्षिकोत्सब गर्ने भन्दै भेला आयोजना गरिएकोमा अभिभावकको आपत्ति छ ।

तर बिद्यालयले सरकारी निर्देशन अवज्ञा गरेर कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै विद्यालयका पूर्व अभिभावक राजकुमार पोखरेलले पूर्व आईजीपी मोतीलाल बोहोराकी बुहारी श्रद्धा गिरीले पैसा कमाउन होइन, पैसा धेरै भएकाले स्कुल खोलेको बताएका छन् ।

सरकारले कार्यक्रम नगर्न भनेको कुरा नमान्दा गर्व बोध भएझैं गरी कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएका अनमेश केसीले यो कार्यक्रम गर्न पनि चुनौती आइलागे तर जसरी कार्यक्रम सफल भयो त्यसैगरी अगाडि बढ्नुपर्छ भन्ने धारणा राखे । उनले कार्यक्रममा भने, ‘यो कार्यक्रम गरे जसरी च्यालेन्जिङ डिसिजन गर्नुहोला ।’

तर, अभिभावकलाई आफ्ना बालबालिकालाई आफैं आएर लानु होला, विहान हामी लान्छौं, बेलुका आफैंले लानु भन्ने उर्दीका कारण बाध्य भएर पुगेका थिए । आज स्कुलमा आयोजित कार्यक्रमबारे टिप्पणी गर्दै एक अभिभावकले नाम नलेखिदिन अनुरोध गर्दै भनिन्, ‘कार्यक्रम गरे अभिभावकलाई आफ्ना कुरा राख्न दिएनन्, खेतालाले मात्र बोले, यो सुन्न किन बोलाएका होलान् ।’

कार्यक्रम गर्न रोक्नु भएन् भन्ने प्रश्नमा विर्तामोडका नगर शिक्षा प्रमुख तीलचन भण्डारीले भने, ‘हामीले कार्यक्रम नगर्न पाँच दिनअघि नै भनेका हौं, मानेन्, तपाईहरु आफैंले कुरा गर्नुहोला ।’

विद्यालयका प्रिन्सिपल श्रद्धा गिरीलाई ९८०२०७७८०० मा फोन गर्दा दिन भर पनि फोन रिसिभ भएन । घटनाबारे सोमबार वेलुका फोन गर्दा आइतबार विहान ९ वजेपछि फोन गर्न भनेकी थिइन् ।

प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]