जेष्ठ २, २०८१ बुधबार

लक्ष्मी माविको वेथिति विरुद्ध सशक्त आन्दोलनको तयारी, संघर्ष समितिमा सदस्य थपियो

बिर्तामोड । अर्जुनधारा –६ स्थित लक्ष्मी माविको वेथिति सुधारका लागि संघर्षरत समितिमा सदस्य थप गरिएको छ । आन्दोलनलाई सशक्त बनाउने तयारी गरेपछि संघर्ष समितिमा सदस्य थप गरी १ सय २३ सदस्य बनाइएको छ ।


पूर्व विधार्थी भीष्म पौडेलको नेतृत्वमा ३७ सदस्य समिति बनेको थियो । सो समितिमा कांग्रेस निकटमा याम ढुङगेल, गोविन तामाङ, रोषन प्रसाई र श्याम अधिकारीले विज्ञप्ति निकालेर समितिमा नबस्ने जनाएका थिए । उनीहरु हटेपछि पौडेल नेतृत्वको समितिलाई थप बलियो बनाएको बताइएको छ ।
पौडेल संयोजक रहेको संघर्ष समितिमा सचिव विष्णु आचार्य रहेका छन् । सो समितिमा आज मदन पाण्डे, डम्बर कार्की, डिल्ली रिमाल, महाप्रसाद कोइराला सहित ९० जना सदस्य थप गरिएको छ ।


प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कारण विधालयमा चरम वेथिति भएको भन्दै सुधारका लागि संघर्ष समिति आन्दोलनरत छ । भोली बस्ने संघर्ष समितिको बैठकले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने संयोजक पौडेलले जानकारी दिए ।


शिक्षक कर्मचारीमाथि विभेद गरेको, शिक्षकको कोषको पैसा समयमा जम्मा नगरेको, आर्थिक पारदर्शिता नभएको, परीक्षामा लापरवाही गरेको, व्यवस्थापन समिति नबनाएको, कृतिम अभिभावक सिर्जना गरेर व्यवस्थापन समिति बनाउन खोजेको, विधालय भवन निर्माणको बजेट ल्याएर काम नथालेको, थालेको काम मापदण्ड विपरित भएको, योग्य शिक्षकलाई एसएलसीवाला शिक्षकबाट अमानित गराएको र श्रीमतिलाई बालशिक्षाको कर्मचारी विधि विपरित बनाएको आरोप प्रअ गुप्ता माथि लागेको छ ।

संघर्ष समितिमा सो विधालयलाई यहाँसम्म ल्याउने चन्दादाता, पूर्व विधार्थी, अभिभावक छन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]