चैत्र १६, २०८० शुक्रबार

उपचारको लागि एनआइसीले दियो १५ लाख

दमक । एनआईसी एसिया बैङ लिमिटेड बिर्तामोड शाखा प्रदेश १ ले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार वापत १५ लाख रुपैंयाको बिमा रकम भुक्तानी गरेको छ ।

मंगलबार दमकको सिद्धि मार्केटमा रहेको शाखामा एक कार्यक्रमको आयोजना गर्दै झापा बिर्तामोडका खातावाला महेश अग्रवाललाई १५ लाखको चेक हस्तान्तरण गरिएको हो । अग्रवाललाई एनआईसी एसिया बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले १५ लाखको चेक हस्तान्तरण गरेका हुन् । अग्रवालको भारतस्थित मेदान्त अस्पातालमा मुटुको ओपन हार्ट सर्जरी गरेका छन् ।

अग्रवालले एनआईसी एसिया बैङ लिमिटेडको चन्द्रगढी शाखामा सुपर चमत्कारीक डायमण्ड खाता खोलेका थिए । उनलाई उपचारमा लागेको खर्च बापत सो रकम हस्तान्तरण गरिएको हो । चेक बुझदै अग्रवालले एनआईसी एसिया बैंकका कारण आफुलाई धेरै राहत भएको प्रतिक्रिया दिए । सहायक प्रमुख कार्यकारी अधिकृत राठीका अनुसार अहिलेसम्म देशका १ सय २७ भन्दा बढी ग्राहकहरुले बीमा बापत रु ८७ लाख भन्दा बढी रकम प्राप्त गरेका छन् ।

बैंकले अहिले तीन किसिमका बीमा सुविधाहरु समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । जसबाट ग्राहकहरुले रु २१ लाख बराबरको सुविधा लिन पाउने बैंकले जनाएको छ ।

सो सुविधा अन्तरर्गत खातावालाहरुको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त भएमा १० लाखसम्म , १८ घातक रोगहरुका लागि १० लाख र १ लाख सम्मको औषधी बीमा उपलब्ध गराइने बैंकले जनाएको छ । मुलुकभर ३१९ शाखा ,४५० एटिएम ,१०६ वटा एक्स्टेनसन काउण्टर तथा ५२ वटा शाखारहित बैकिङ्ग सेवा प्रदान गदै आएको बैकका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए । हाल बैंंकका देशभर २१ लाख ग्राहकहरु रहेका छन् ।

प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]