बैशाख ४, २०८१ मंगलबार

कुमरखोद प्रहरी कार्यालयबाटै ३४ थान चौपाय गायव

बिर्तामोड । इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख मान बहादुर जिम्वाको संरक्षणमा चौपाय तस्करी भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । सई जिम्वा आएदेखि सो क्षेत्रमा चौपाय तस्करी बढिरहेको बताइएको छ । उनैको सहयोगमा भारतीय व्यापारीले चौपाय तस्करी गरिरहेको भेटिएको छ ।

गत आइतबार जिल्ला प्रहरीका सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएको चौपाय रातारात गायव भएपछि प्रहरीले नै तस्करीमा सगाएको आरोप लागेको छ । नेपाली बजारबाट भारत तर्फ तस्करी हुन लागेको क्रममा सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको थियो । सादा पोसाकमा खटिएका कृष्ण चौधरीले ३४ थान चौपाय नियन्त्रणमा लिई इलाकालाई बुझाएको जानकारी दिए ।

सो क्षेत्रमा लसुना, सालमारासहित विभिन्न बाटो प्रयोग गरेर चौपाय तस्करी हुँदै आएको छ । जिल्ला प्रहरी कार्यालयको आँखा छलेर त्यहाँका कार्यलय प्रमुख जिम्वाले तस्करी नियन्त्रणमा कुनै चासो समेत नदिई उल्टै सहयोग गरेको बुझिएको छ । सई जिम्वाले इजलाससित भने– हामीले नियन्त्रणमा लिएको चौपाय पशु बजारलाई जिम्मा दिएका छौं । गाउँपालिकाले पशु बजार ठेक्का लगाएकाले सबैको रोहवरमा बजारलाई जिम्मा दिएको हो । यता, पशु बजारका ठेकेदार दिलीप विश्वकर्माले यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिए । उनले कसैले पनि पशु बजारलाई चौपाय जिम्मा नलगाएको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले चौपाय तस्करी रोक्न कडाई गरेको जानकारी दिउका छन् । उनले सिमा क्षेत्रम रहेका सबै अड््डालाई कडाई गर्न निर्देशन दिएको बताए । आइतवार ३४ थान चौपाय किसानलाई भरपाई गरेर बुझाएको बताउँदै भने, – त्यो चौपाय दशगजामा पु¥याए नियन्त्रणमा लिन्छों । प्रहरी प्रवक्ता श्रेष्ठले चौपायहरु किसानले बुझिलिएको बताए भने कुमरखोद इप्रकाका प्रमुख जिम्वाले पशु बजारलाई बुझाइएको बताएका छन् ।

प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]