बैशाख १३, २०८१ बिहीबार

जनसेवाको खाँचो

सम्पादकीय

महामारीको रुपमा १ सय ६० भन्दा धेरै देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा देखिएको छैन । चिनबाट शुरु भएको महामारीले अन्य राष्ट्रमा उग्र रुप लिइरहेको छ । चिनमा संक्रमण र मृत्यू दर घट्दै गइरहेको छ भने अन्य राष्ट्रमा बढ्दै गइरहेको छ । भाइरसको जोखिमले नेपालमा उच्च सतर्कता अपनाइएको छ । सरकारले आजबाट हुने माध्यमिक तह (एसइइ) परीक्षा सहित सबै तहको परीक्षा हाललाई स्थगित गरेको छ । सरकारले परिस्थितिलाई बुझेर विभिन्न निर्णय गरेको छ ।

नेपाल सरकारले आम नागरिकको सुरक्षाको निम्ति निर्देशनहरु जारी गरिरहेको छ । तर, कप्टि नेपाली मान्न तयार देखिदैनन् । सरकारले आजसम्म एक जनामा पनि संक्रमण नहुँदा समेत ठुला–ठुला निर्णय गरिसकेको छ । २५ जनाको संख्यामा भेला समेत नहुन भनिसक्यो । सिनेमा घर, डान्सबार , स्वीमिङ पुल, जिम बन्द गर्न निर्देशन दिइसकेको छ । संक्रमण भइहाले पनि ठुलो क्षति नहोस् भन्ने सरकारको नीतिलाई नागरिककै तहबाट उल्लंघन भइरहेको छ । यो चरम लापरबाही हो ।

नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको हो । सरकार समेत यस जोखिमलाई एक्लै पार लगाउन पक्कै सक्दैन । यसका लागि जनसहयोगको खाँचो छ । व्यवसायिक संघ , संगठन, सामाजिक संघ–संस्थाको व्यापक सहयोगको खाँचो छ । तर, अहिलेसम्म ति निकायहरु चुपचाप छन् । अब पनि चुप बस्ने हो भने उनीहरुको सामाजिक जिम्मेवारी नागरिकले मुल्याङकन गर्नेछन् । वाणिज्य संघ, जेसीज, लायन्स क्वल, रोटरी, राजनीतिक संगठन, विधार्थी संगठन, महिला सञ्जाल लगायत सामाजिक संघ संस्थाले योगदान गर्नुपर्छ । अहिले नगर्ने हो भने उनीहरुको औचित्य समाजमा रहनेछैन ।

प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]