जेष्ठ ११, २०८२ शनिबार

निर्भयाका दोषीलाई दिइयो मृत्युदण्ड

एजेन्सी । सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् ।

समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।
तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।’ समाचार एजेन्सी पिटिआईले जेल अधिकारीलाई उद्धृत गर्दै चारैजनालाई एकैपटक मृत्युदण्ड दिइएको बताएको छ ।

सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।
भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्विकार गरे । विनय रुन थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’ मा पुर्‍याइएको थियो । जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको हो ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]