बैशाख १४, २०८१ शुक्रबार

पर्याप्त क्वारेन्टाइन व्यवस्था गर

सम्पादकीय

प्रदेश १ सरकारले कोरोना भाइरसको संक्रमण देखिएका विमारीलाई राख्ने गरी क्वारेन्टाइनको व्यवस्था गरेको छ । ४४० बेडको क्वारेन्टाइन बनाएको प्रदेश सरकारले बल्ल तदारुकता देखाएको छ । प्रदेश १ का लागि ४४० बेडको क्वारेन्टाइन पर्याप्त होइन । तर, क्वारेन्टाइन निर्माणको काम शुरुवात भएको छ । निर्माण सम्पन्न भइसकेको क्वारेन्टाइन हेरेर अब अन्य क्षेत्रमा पनि क्वारेन्टाइन निर्माण गर्न विलम्ब गर्न हुदैन । झापाको कलवलगुरीमा ४० बेडको क्वारेन्टाइन बनाइएको छ । झापाका लागि यो साहै्र कमजोर तयारी हो ।

मेचीनगर नगरपालिकाले बिहीवार दुई स्थानमा क्वारेन्टाइन बनाउने घोषणा गरेको छ । अन्तराष्ट्रिय नाका रहेको मेचीनगरले दुई स्थानमा क्वारेन्टाइन बनाएर औपचारिकता पुरा गर्न हुदैन । त्यहाँ हजारौ नागरिकका लागि क्वारेन्टाइन जरुरी हुन सक्छ । नगरले अन्तराष्ट्रिय नाका भएकाले केन्द्र सरकारले नै सबै गर्नुपर्छ भन्ने सोच बनाएको हुनुपर्छ । मेची नगरले यसलाई अवसरका रुपमा लिएर पर्याप्त क्वारेन्टाइन बनाउन जरुरी भइसकेको छ । यदि नेपालमा माहामारी फैलियो भने त्यसको रोकछेक सामान्य हिसावले संभव छैन । अर्थात, ठुलो समस्या समाधानमा निकै गाह्रो हुन सक्छ ।

स्थानीय सरकार टुलुटुलु हेरर बसिरहेको अवस्था छ । अहिले मुलुक मात्र होइन, विश्व नै संकटको अवस्थामा गुज्रिरहेकोले बजेटको लोभ गर्न जरुरत छैन । झापाका सबै स्थानीय तहले सबै विधालयलाई क्वारेन्टाइनको रुपमा निर्माण गर्न आवश्यक भइसकेको छ । यहाँ विधालय क्षेत्र क्वारेन्टाइनको लागि उपयुक्त पक्कै हुन्छ । यसैले स्थानीय सरकारको ध्यान यसतर्फ जाओस् । ख्यालठट्टा गरियो भने ठुलो क्षति व्यहोर्नुपर्छ । त्यस्तै, हरेक नागरिकले स्वयम् सतर्कता पनि अपनाउन सकिन्छ । आफ्नै घरलाई ‘होम क्वारेन्टाइन’ को रुपमा पनि व्यवस्थापन गर्न सकिन्छ । सँगै किनमेलमा बढि मुल्य तिर्नुपरे स्थानीय प्रशासनलाई तत्काल खवर गरेर सहयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]