औषधि व्यवसायी संघ झापाले टाँस्यो कोरोना सम्बन्धी पोस्टर
बिर्तामोड । झापाका धेरै भीडभाड हुने स्थानहरुमा कोरोना भाइरससम्बन्धी सचेतनामूलक पोस्टर टाँसिएको छ । नेपाल औषधि व्यवसायी संघ झापाको अगुवाइमा पोस्टर टाँसिएको हो ।

धेरै भीडभाड हुने यातायात व्यवस्था कार्यालय, रेडक्रस, बस स्ट्यान्ड, जिम क्लब, सामुदायिक तथा निजी विद्यालय, खेल मैदान, वाणिज्य संघ, जेसीज, केही सञ्चार गृह, व्यापारिक प्रतिष्ठान, स्थानीय वडा कार्यालयहरु, जनप्रतिनिधिहरु, क्लिनिक र औषधि पसलहरुमा जिज्ञासा राख्नेलाई छोटो ब्रिफिङ गर्दै पोस्टरिङ गरिएको छ । संघले दमक पूर्वका शहरमा पोस्टर टाँसेको हो ।
संघका झापा अध्यक्ष गौतम गुप्ता, महासचिव जीवन खड्का र उपाध्यक्ष प्रदीप खरेल लगायत कार्यसमितिका सदस्यहरुको अगुवाइमा सचेतनामूलक पोस्टर टाँसिएको सदस्य सुरेश खतिवडाले जानकारी दिए ।