बैशाख १४, २०८१ शुक्रबार

नक्कली आर्मीको भेषमा इलामदेखि दैलेखसम्म दर्जनौं किराना व्यापारीलाई ठगि गर्ने काँकरभिट्टाबाट पक्राउ

प्रदीप परियार

बिर्तामोड । झापा प्रहरीले पश्चिम दैलेखदेखि पूर्वमा इलामसम्मका किराना व्यवसायीलाई ठगि गर्ने नक्कली आमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ठगिमा सक्रिय मेचीनगर –१४ झापाका प्रदिप भन्ने राजकुमार राउतलाई सार्वजनिक गरेको हो । उनलाई प्रहरीले चैत ६ गते काँकरभिट्टाबाट पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

विभिन्न स्थानमा रहेका किराना व्यवसायीलाई आफु आर्मी हुँ भन्दै छुटमा सामान ल्याइदिने आश्वासन दिलाएर लाखौं रुपैयाँ ठगि गर्दै आएको प्रहरीको भनाई छ । प्रहरी उपरीक्षक कोइरालाले भने, अहिलेसम्मको सूचनाका आधारमा लगभग ८० जनाबाट लाखौं ठगि गरिसकेको पाएका छौं ।
गत माघ १० गते झापाको चारआलीस्थित सुम्निामा पारुहाङ किराना पसल पुगेका राउतले आफु चारआलीको आर्मी भएको बताउँदै छुटमा रासनका लागि आएको दाल,चिनी, तेल र मटर ल्याइदिने भन्दै सञ्चालक डाक बहादुर राईसँग १ लाख २ हजार लिएका थिए । ठगि गर्ने राउतले १ नम्बर गेटमा गाडि पठाइदिनु भनेपछि सञ्चालक राईले आफ्नो चालकलाई पठाउँदा फोन अफ् भएपछि चारआली प्रहरीमा उजुरी दिएका थिए ।

सो घटनापछि जिल्ला प्रहरीले प्रदेश प्रहरीको सहयोगमा राउतको खोजी शुरु गरेको थियो । यसरी ठगिने सबै किराना व्यवसायीलाई सोहि प्रकारका सामान छुटमा ल्याइदिने भन्दै पैसा उठाएको पीडितहरुले सुनाएका छन् । व्यवसायीको लोभका कारण राउतले नमज्जाले निरन्तर ठगि गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गा्रमथान –५ मोरङका रोहन भेट्वाललाई पनि त्यसैगरी ठगि गरिएको छ । उनलाई बाहुनी शसस्त्र बेश क्याम्पका कार्यरत भन्दै १ लाख १० हजार लिएर गायव भएका थिए । ३५ बोरा चिनी, २ बोरा जिरा, २० काटुन तेल लगायतका सामान ल्याएदिने भन्दै पैसा लगेको भेट्वालले जानकारी दिए ।
केराबारी –७ मोरङका कमल घिसिङसँग २ लाख ठगि गरेको गरेको बताए । आफु धरान आर्मी बताउँदै चना ५ बोरा, चिनी ६० बोरा, मटर १० बोरा दाल २० बोरा सेलो र रिफाइन तेल ल्याइदिने भनेपछि २ लाख लिएको घिसिङको भनाई छ ।

नक्कली आर्मी राउतले अर्का व्यापारी धरानका संजय अग्रवालसँग १ लाख ५९ हजार ५ सय ५० , धनकुटाका ग्याल्जेन शेर्पासँग १ लाख ४० हजार र इलामका रतन अग्रवालसँग २ लाख ८० हजार ठगि गरेको प्रहरीले जानकारी दिएका छन् । सबै क्षेत्रमा कतै आर्मी, कतै शसस्त्र प्रहरी भन्दै ठगि गर्दै आएका राउतले व्यापारीको लोभ लालचमाथि फाइदा उठाए । प्रहरीका अनुसार उनलाई म्याद थप गरी अनुसन्धान गर्ने र अरु ठगिएका नागरिकलाई पनि सम्पर्कमा आउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]