चैत्र १६, २०८० शुक्रबार

‘कोरोना सङ्क्रमणको आशङ्का भए ११८० मा कल गर्नुस्’

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गर्नुभएकाे छ। 

प्रमुख शाक्यले विज्ञप्ति जारी गरी महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गर्नुभएको हो । 

महामारीकाे रूपमा फैलिँदै गएको कोराेना भाइरसको सन्त्रासबाट जोगिन सबैले सजगता अपनाउनुपर्ने उहाँले बताउनु भयाे । सङ्क्रमण देखिनुअघि नै सजगता अपनाउदा धेरै हदसम्म काेराेना सङ्क्रमणकाे जाेखिम न्यूनीकरण हुने उहाँको भनाइ छ । 

उहाँले अहिले कोरोनाबाट सबै जना बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा र सेतो मछिन्द्रनाथको रथयात्रालगायतका जात्रा र पर्व नमनाउन पनि आग्रह गर्नुभएकाे छ ।

जात्रा तथा पर्वमा ठूलो जनसहभागिता हुने र यो विषम परिस्थितिमा भिडभाडका साथ पर्व मनाउने अवस्था नरहेकाे उहाँले बताउनुभयाे । आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत् राख्दै भिडभाडमा जात्रापर्व नमनाउन प्रमुख शाक्यले अपिल गर्नुभएको हाे ।  

धार्मिक स्थलमा धेरै भिडभाड हुँदा सङ्क्रमण सर्नसक्ने भन्दै ती ठाउँमा भीडभाड नगर्न पनि उहाँले अपिल गर्नुभएकाे छ ।महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि नेपाली र नेपालभाषामा सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा र पम्प्लेटमा प्रकाशित गरी जनचेतनामूलक अभियान सञ्चालन गर्ने जनाएको छ । 

प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार  ५ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]