बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन

बिर्तामोड । बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन निर्माण हुने भएको छ । कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको छ । आइतवार नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय भेलामा क्वारेन्टाईन निर्माण गर्ने निर्णय भएको थियो । मेची आॅखा अस्पताल र कन्चनजङघा ईन्स्टिच्युट अफ हेल्थ साईन्सको भवनमा क्वारेन्टाइन निर्माण हुने भएको छ ।

कञ्चनजङघामा ४० र मेची आखा अस्पतालमा ५० बेड गरेर ९० बेडको क्वारेन्टाईन निर्माण गर्न लागिएको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

नगरपालिका, उद्योग वाणिज्य संघ, रेडक्रस, जेसीस लगायतको सङघ संस्थाका पदाधिकारीको भेलाले बिर्तामोडको कृषिथोक बजारको भिडभाड नियन्त्रण गर्ने निर्णय गरेको छ ।

सङकटको बेला हुने सम्भावित कालोवजारी नियन्त्रण गर्नका लागि अनुगमनलाई प्रभावकारी बनाइने भएको छ । चारेतिर बाट बिर्तामोड प्रवेश गर्ने नाकामा इन्फारेड थर्मोमिटर राखेर चेकजाॅच गरिने शिवाकोटीले बताए ।

बिर्तामोडका सम्पुर्ण अस्पतालमा आइसोलेसन कक्ष बनाउन नगरपालिकाले निर्देशन दिएको छ । सम्भावित संक्रमितको उपचार गर्नका लागि आइसोलेसन निर्माणको काम शुरु गर्न अस्पताललाई अनुरोध गरिएको शिवाकोटीले बताए ।

नगरपालिकाले बिदेशबाट आउने मानिसको रेकर्ड राख्न जनप्रतिनिधिलाई सक्रिय हुन अनुरोध गरेको छ । प्रत्येक टोलबिकास संस्थालाई समेत कोरोना भाईरस नियन्त्रणका गतिविधिमा केन्द्रित हुन समेत बैठकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]