जेष्ठ ११, २०८२ शनिबार

गोली लागेर प्रहरी हवल्दारको ज्यान गयो

स्याङ्जा – स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार रवीन्द्र पौडेलको ज्यान गएको छ । 

हरिनास गाउँपालिका चिसापानीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार पौडेलको गोली लागेर ज्यान गएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । 

बन्दुकमा गोली लोड गर्ने क्रममा अचानक पड्किंदा घाइते भएका पौडेलको उपचारका लागि मणीपाल शिक्षण अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो ।

 घटनाबारे अनुसन्धान सुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपीको टोली त्यसतर्फ गएको बताइएको छ । 

प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]