बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडमा आजबाट थप कडाई गर्दै प्रहरी

बिर्तामोड । साँझपख सर्वसाधारण नागरिक बाहिर निस्केपछि सुरक्षामा चुनौति थपिएको छ । हालसम्म नेपालमा ४ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेकोले यसको संक्रमण जोखिम बढिरहेको सुरक्षा अधिकारीहरुले बताइरहेका छन् ।

निषेधाज्ञाको समयमा जस्तो साँझमा बाहिर निस्कनु जोखिमपूर्ण हुने इप्रका अनारमनीका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार झनै सुरक्षित बस्नुपर्ने अवस्थामा बाहिर निस्कनु हदैसम्मको लापरबाही हो ।

देशभर प्रहरीले सुरक्षामा विशेष सुरक्षा व्यवस्था गरिरहेको बताउँदै डिएसपी रिजालले भने, अहिलेसम्म सम्झाइबुझाई गरेका छौं । अब पनि लापरबाही भयो भने परिणाम राम्रो हुदैन ।
उनले कुनै पनि बहानामा घरबाट बाहिर ननिस्कन आव्हान गरेका छन् । उनले लक डाउन हरेक नागरिकको जीवन सुरक्षाको लागि भएकाले त्यसका लापरबाही नगर्न आग्रह गरेका छन् ।

एक जनाको लापरबाहीले ठुलो क्षति हुन सक्छ भन्दै डिएसपी रिजालले घरमै बस्न आग्रह गरेका छन् । बिर्तामोड क्षेत्रमा बेलुकी समयमा सर्वसाधारण घर बाहिर निस्किरहेकोले अब कारवाहीमा कडाई गरिने जनाएका छन् । आजबाट बाहिर निस्किने कुरा नसोच्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार  ११ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]