जेष्ठ ११, २०८२ शनिबार

राष्ट्र सङ्घका ८६ कर्मचारीलाई कोरोनाको सङ्क्रमण

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका छन् । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् ।

राष्ट्र सङ्घका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमितमध्ये अधिकांश युरोपेली देशमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन्  । 

बिरामी भएकामध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उहाँले जानकारी दिनुभयो । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाइ छ । राष्ट्र सङ्घको जेनेभामा रहेको कार्यालयमा झण्डै चार हजार कर्मचारीमध्ये बिहीबार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए । 

९७ प्रतिशतभन्दा बढी राष्ट्र सङ्घका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन् भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन् ।

प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]