बैशाख २६, २०८१ बुधबार

झापाका सबै स्थानीय तहले आइसोलेटेड एम्बुलेन्स तयारी अबस्थामा राख्ने निर्णय

बिर्तामोड । झापाका सबै गाउँपालिका र नगरपालिकाले आ–आफनो पालिका भित्रका विपन्न नागरिकहरुको स्थलगत विवरण संकलन गरी आवश्यक खाद्यान्न व्यवस्थापनको तयारी गरेका छन् ।

आज बिहान बिर्तामोड नगरपालिकाको कार्यालय र दिउँसो १ बजे दमक नगरपालिकाको कार्यालयमा सम्पन्न कोरोना भाईरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा तथा समितिका सदस्यहरु, सबै नगरपालिका तथा गाँउपालिकाका प्रमुख तथा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका जिल्ला प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला रेडक्रसका सभापति, गाँउ तथा नगरपालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु समेतको उपस्थितिमा सम्पन्न बैठकले सबै गापा तथा नपाहरुले कोरोना भाईरस सम्बन्धि सबै वडा तथा पालिका तहमा सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

हरेक वडाको सूचना केन्द्रबाट सूचना प्राप्त गरी ति सूचनाहरुलाई पालिका स्तरिय सूचना केन्द्रले एकिकृत गरि जिल्ला स्तरीय सुचना केन्द्मा पठाउने र सो सुचना जिसस झापाको वेव साइट http://dccjhapa.gov.np/en को “कोरोना संक्रमण सुरक्षा तयारी अपडेट” मा राखिने भएको छ ।

यस्तै, झापाका सबै स्थानीय तहले एक–एक वटा आइसोलेटेड एम्बुलेन्स तयारी अबस्थामा राख्ने, लकडाउनलाई प्रभावकारी बनाउन तथा टोल टोलका सूचनाहरु संकलन गर्न टोल बिकास समितिहरुलाई स्वयम सेवकको रुपमा परिचालन गर्ने, खाद्यान्न पसलहरु खुल्ला राख्ने व्यबस्था मिलाउने, तरकारी तथा फलफुल जस्ता खाद्यान्न सामग्रीहरु सकेसम्म घरघरमा पु¥याउने गरी आपुर्तिको व्यवस्थापन गर्ने, सबै प्रकारका स्वास्थ्य संस्था तथा अस्पतालहरु पुर्ववत रुपमा नै संचालन गर्नका लागि व्यवस्थापन गर्ने निर्णय गरेको समितिका संयोजक पोर्तेलले जानकारी दिए ।

बैठकले प्रत्येक गापा तथा नपाले सुविधा सम्पन्न एक सय बेडको क्वारेन्टाइन पाँच दिन भित्र व्यवस्थापन गर्नुपर्ने , सुरक्षा निकायलाई आवश्यक पर्ने सवारी साधन, इन्धन र सुरक्षाकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरणको व्यवस्था प्रत्येक स्थानीय पालिकाहरुले गने, दमक नगर पालिका स्थित दमक अस्पतालमा न्यूनतम पाँच बेडको आईसोलेसन वार्ड स्थापना गर्ने निर्णय भएको उनको भनाई छ ।

बिर्तामोड ।

प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]