चैत्र १६, २०८० शुक्रबार

भोलीदेखी कोरोना संक्रमणको परीक्षण धरानमै

विराटनगर । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ ।

कोरोना भाइरसको आशंका गरिएका विरामीकोे स्वाब परीक्षण अब आइतबारदेखि धरानमा नै हुनेछ ।

१५ चैत, विराटनगर । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना गरिएको छ ।

कोरोना भाइरसको आशंका गरिएका विरामीकोे स्वाब परीक्षण अब आइतबारदेखि धरानमा नै हुनेछ ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परिक्षण गरिनेछ । ल्याबको क्षमता भने अधिकतम उपयोग गर्दा दिनमा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

‘कोरोना भाइरसको आशंका गरिएका विरामीको भोलिदेखि प्रतिष्ठानमा तयार भएको ल्यावबाट स्वाब परीक्षणको कार्य शुरु हुनेछ,’ शर्माले भने ‘त्यसका लागि आवश्यक तयारी पूरा भएको छ ।’

यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको थियो ।

कोरोना भाइरस अब धरानमा नै हुने भएपछि स्वाब संकलन गरी काठमाडौं पठाउनुपर्ने बाध्यता हट्नेछ ।

स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ । केही परीक्षणहरू काठमाडौं पठाएपछि त्यसमा समानता आएमा यहीँको परीक्षणले मान्यता पाउनेछ ।

प्रतिष्ठानले अहिलेसम्म २० जनाको कोरोना परीक्षण गर्न नमुना पठाएकोमा सबैको नेगेटिभ आएको छ । प्रतिष्ठानमा अहिले ७ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]