चैत्र १६, २०८० शुक्रबार

टोल–टोलमा स्थानीय नागरिककै निगरानी जरुरी भइसक्यो : एसपी कोइराला

बिर्तामोड । वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको विवरण संकलनमा प्रहरीलाई समस्या भइरहेको छ । विभिन्न राष्ट्रबाट फर्किएका नागरिक लुकेर बस्न थालेपछि प्रहरीलाई समस्या भएको हो ।

हालसम्म झापा प्रहरीले कतारबाट आएका ७ जनाको विवरण संकलन गरेको छ भने दुवईबाट आउनेहरुको खोजी गरिरहेको छ । कतारबाट आउने सातै जना आफ्नै घरमा सुरक्षित बसेको झापा प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारबाट फर्किएकाहरुले स्थानीय प्रशासन वा प्रहरीमा जानकारी दिन झापाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले आग्रह गरेका छन् । उनले यसका लागि टोल विकास समिति, टोल सुधार समितिहरु सक्रिय हुनु पर्ने धारणा राखेका छन् ।

स्थानीय बासिन्दाले समेत यस प्रकारको सूचना दिएर सहयोग गर्न कोइरालाले आग्रह गरेका छन् । हरेक टोल–टोलमा स्थानीय नागरिककै पहलमा निगरानी जरुरी रहेको भन्दै प्रहरी उपरीक्षक कोइरालाले आम नागरिकलाई सुरक्षित हुन आव्हान् गरेका छन् ।

प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]