बैशाख ७, २०८१ शुक्रबार

कोरोना भाइरस संक्रमण उपचार कोषमा रकम जम्मा गर्न आव्हान

बिर्तामोड । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिको बैठकले कोरोना भाइरस संक्रमण उपचार कोषमा रकम जम्मा गर्न आव्हान् गरिएको छ ।

बैठकले झापाका सहकारी संस्थाहरु, उद्योग वाणिज्य संघहरु, प्याप्सन, एनप्याप्सन, गैरसरकारी संघ संस्थाहरु, सामाजिक संघ संस्थाहरु साथै उधोगी व्यवसायीहरु र समाजसेवीहरुलाई कोरोना भाइरस संक्रमण उपचार कोषमा रकम जम्मा गर्न आव्हान गर्ने निर्णय गरेको छ । उद्योग संचालन गर्न राखिएका मजदुरहरुको खाद्यान्न तथा बसोबासको व्यवस्थापन उद्योग संचालकले नै गर्नुपर्ने बैठकले निर्णय गरेको समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

यस्तै, उद्योग वाणिज्य संघहरुले समन्वय गरी दैनिक उपभोग्य सामग्रीहरुको मौज्दातको तथ्याङ्क जिल्ला अनुगमन तथा समन्वय समितिलाई उपलब्ध गराउने निर्णय गरिएको छ । खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु सहज बिक्री, वितरण र आपूर्तीको व्यवस्थापन व्यवसायीहरुले गर्ने निर्णय भएको पोर्तेलले बताए ।

बिर्तामोडस्थित अतिथी सदनमा झापा जिल्लामा क्रियाशील उधोगी व्यवसायीका प्रतिनिधिमुलक संघ संस्थाहरु, गैरसरकारी संस्थाहरु, सहकारी संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरुसँगको बैठक बसेको थियो । अनुगमन तथा समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा तथा समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी, राजनीतिक पार्टीका जिल्ला प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र रेडक्रसका सभापतीको उपस्थितीमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]