बैशाख १४, २०८१ शुक्रबार

चारआलीको आर्मी क्याम्पमा सय बेडको क्वारेन्टाइन बनाउने

बिर्तामोड । कोरोना भाइरस रोकथाम, उपचार अनुगमन तथा समन्वय समितिको आज सम्पन्न बैठकले चारआलीस्थित नयाँ श्रीनाथ गणको आवास क्षेत्रमा १०० बेड क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने १०० थान ग्रिलका खाट निर्माण तथा क्वारेन्टाइन निर्माण लागत खर्च अनुगमन तथा समन्वय समिति झापाले व्यहोर्ने गरी नेपाली सेना श्री नयाँ श्रीनाथ गणलाई जिम्मा दिने निर्णय गरिएको समितिका संयोजक सोमनाथ पार्तेलले जानकारी दिए ।

समितिले अन्य आवश्यक क्वारेन्टाइन निर्माणको सम्भाव्यता अध्ययन गर्ने पनि निर्णय गरेको छ । त्यसका लागि अर्जुनधारा नगरपालिका स्थित दीपज्योति वोर्डिङ स्कुलको भवन, विर्तामोड नगरपालिकाको अग्रसेन भवन, अतिथि सदन र कन्काई नगरपालिकास्थित कोटीहोम क्षेत्रका भवनहरुको अध्ययन गर्ने निर्णय बैठकले गरेको संयोजक पोर्तेलले बताए ।

झापाका १५ स्थानीय तहले आइतवारसम्म २० वटा क्वारेन्टाइनमा ३९५ बेड निर्माण गरेका छन् । सबैभन्दा बढी बिर्तामोडमा ९० वेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । आइतवारसम्म ५६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]