जेष्ठ ४, २०८१ शुक्रबार

चैत २६ गतेसम्म लकडाउन, ०७६ को दु:खद अन्त्य

काठमाडौ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा भइरहेको लकडाउन ८ दिन थपिने भएको छ ।

सरकारले लकडाउन ८ दिन थप्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्तावमा लकडाउन थपेको छ । समितिले लकडाउन ७ देखि बढीमा १४ दिन प्रस्ताव गरेको थियो । सरकारले समितिको प्रस्तावलाई परिमार्जन गर्दै ८ दिन थप्ने निर्णय गरेको हो ।
सरकारले पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी मुलुकभर एक साता लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणको लकडाउन अवधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । पहिलो चरणको लकडाउन नसकिँदै सरकारले त्यसलाई थपेको हो ।
उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न लकडाउन अवधि लम्ब्याउन प्रस्ताव गरेको हो । नेपालमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये २ जना पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । बाँकी ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यससगै २०७६ को दु:खद अन्त्य हुने भएको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]