चैत्र १६, २०८० शुक्रबार

कनकाईमा ३५ लाखको विपत राहतकोष

सुरुङ्गा । कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा ३५ लाखको कोरोना विपत राहत कोषको स्थापना गरेको छ ।

सो कोषमा कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुबाट एक महिनाको तलब कोषमा जम्मा गरिएको र कनकाई नगरपालिकाका कर्मचारीबाट समेत राहत कोषमा रकम जम्मा भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको छ । यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यवस्थापन कोषको नेपाल बंैकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

कनकाई नगरपालिकाले विपत व्यावस्थापन कोषबाट पीडित व्यक्तिहरुको औषधि उपचार तथा राहत सामग्रीको व्यवस्थापन मिलाइने र कोषको पारदर्शिताका लागि नगरको वेवसाइट र संचार माध्यमबाट खर्च र दाताको रकम सार्बजनिक गरिने समेत कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।

नगरपालिकाले कनकाई नगरपालिकाभित्र दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचार र फ्रि वाईफाईको समेत प्रबन्ध गरेको छ ।

नगरपालिकाले नगरभित्र रहेका ९ बटै वार्डका अत्यन्तै गरिब मजदुर र कम आय भएका नागरिकको तथ्याङ्ग संकलन गरि उनीहरुलाई कम्तीमा १५ दिन खान पुग्ने चामल, तेल , नुन र साबुन पर्सी बिहीवारबाट वितरण गर्न लागेको जनाएको छ । गरिब परिवारको तथ्याङ्ग संकलनका लागि प्रत्येक वार्डमा रहेका जनप्रतिनिधि र टोल विकास समितिलाई जिम्मा दिइसकिएको समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।

विपत कोष स्थापना कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतम, वार्डअध्यक्षहरु रोशनराज पोखरेल, पर्शुराम गिरी , रुद्रप्रसाद चिमरिया, गोविन्द पौड्याल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]