बैशाख २०, २०८१ बिहीबार

झापामा क्वारेन्टाइनमा १०४ जना, होम क्वारेन्टाइनमा ८०५

अर्जुन राजवंशी

बिर्तामोड – कोरोनाको संत्राससँगै घर फिरेका झापालीहरू स्थानीय तह र स्वास्थ्य संस्थाहरू क्वारेन्टाइनमाभन्दा घरमै धेरै बसेका छन् । होम क्वारेन्टाइनमा बस्नेको संख्या जिल्लामा सात गुणा बढी छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार मंगलबारसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या १०४ छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् ।

जिल्लामा १५ स्थानीय तहमा गरी ३ सय ३६ बेडको क्वारेन्टाइन निर्माण गरिएका छन् । तिनमा दुई महिला र १ सय २ पुरुष बसेका छन् । सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३५ जना क्वारेन्टाइनमा बसेका छन् । भद्रपुरमा १८, झापा गाउँपालिकामा १३, अर्जुनधारामा ९, कनकाइमा ८, बिर्तामोड र शिवसताक्षीमा ५/५, बाह्रदसीमा ४, दमकमा २ महिला र २ पुरुष, कचनकवलमा २ र हल्दिबारीमा एक जना क्वारेन्टाइनमा बसेका छन् ।

मेचीनगर नगरपालिकामा २ सय ११ पुरुष र ५१ महिलासहित २ सय ६२ जना होम क्वारेन्टाइनमा छन् । अर्जुनधारामा १३ महिला र ७४ पुरुषसहित ८७ जना, बिर्तामोडमा ११ महिला र ४३ पुरुषसहित ५४ जना, दमकमा १५ महिला र ३० पुरुषसहित ४५ जना, भद्रपुरमा ५ महिला र १८ पुरुषसहित २३ जना, गौरादहमा १० महिला र १७ पुरुषसहित २७ जना, कनकाईमा ३ महिला र ८ पुरुषसहित ११ जना र शिवसताक्षीमा २ महिला र ७ पुरुषसहित ९ जना होम क्वारेन्टाइनमा छन् ।

बुद्धशान्ति गाउँपालिकामा १६ महिला र ७६ पुरुषसहित ९२ जना, हल्दिबारीमा ५ महिला र ५५ पुरुषसहित ६० जना, कमलमा १५ महिला र २४ पुरुषसहित ३९ जना, झापामा १३ पुरुष र २० पुरुषसहित ३३ जना, बाह्रदसीमा ९ महिला र २१ पुरुषसहित ३० जना, कचनकवलमा ८ महिला र १४ पुरुषसहित २२ जना र गौरीगन्जमा १ महिला र १० पुरुषसहित ११ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चम्लागाईले बताए।

ुहोम क्वारेन्टाइन एकदम सुरक्षित हो,ु उनी भन्छन्, ुघरकै एउटा कोठामा सुरक्षितसँग बस्न सकिन्छ । घरमै बसेको खण्डमा आफूमा संक्रमण छैन भने अन्यत्रबाट सर्ने डर हुँदैन ।ु घरमा छुट्टै बस्नलाई बेग्लै कोठा नहुँदा, साना बालबालिकाले छुने सम्भावना हुनेलाई मात्र क्वारेन्टाइनमा राख्ने गरेको उनले बताए । होम क्वारेन्टाइनमा बसेकाहरुको सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीले दैनिक स्वास्थ्य जाँच लिने काम भइरहेको उनको भनाइ छ ।

जिल्लामा २७ शय्याको आइसोलेसन वार्ड तयार गरिएको छ । मेची अञ्चल अस्पतालमा रहेको आइसोलेसनमा अहिलेसम्म ५ जना भर्ना भएका छन् । उनीहरुमध्ये दुइ जनामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । तीन जनाको थ्रोट स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाएको चम्लागाईले बताए । – कान्तिपुरबाट

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  १ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]