सुत्केरीलाई पोषिलो खाना र न्यायो कपडा
इटहरी । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम सुत्केरी भेट कार्यक्रम लिएर इटहरीका पाँच जना सुत्केरी महिलाको घरमा पुग्नुभएको छ ।

लकडाउनका वेला सुत्केरी भएका इटहरी २,९ र २० वडाका पाँच जना महिलाको घर पुगेर आमा बच्चाका लागि पोषिलो खानाका साथै न्यानो कपडा प्रदान गरिएको उपपमेयर गौतमले बताउनुभयो । रिना विक, खुस्वु खातुन, यमुना खतिवडा, स्वस्तिका पुरी र गंगीया उराउ यि पाँचै जना इटहरी अस्पतालमा सुत्केरी भएका हुन् ।
लकडाउनका बेला खाद्यन्न अभावले सुत्केरी महिला भोकभोकै बसेको खवर पाएपछि आफू दाल चामल नुन तेल लगायत पोसिलो खाद्य समाग्री सहित उनीहरुलाई भेट्न गएको उहाँले बताउनुभयो । लकडाउनका बेला श्रीमानले समेत काम गर्न नपाएपछि सुत्केरी महिलाको विजोग भएको थियो । यो महाविपत्तीमा सबैको विजोग नै हुन्छ । त्यसमा पनि सुत्केरी महिला र नवजात शिशुको झन विजोग हुने भएकाले सुत्केरी राहत प्याकेज लिएर उनीहरुको घर पुगेको उपमेयरको भनाई छ ।