बैशाख १४, २०८१ शुक्रबार

ओम्नी समूहसँगको मेडिकल सामग्री खरिद सम्झौता रद्ध, ५ करोड धरौटी पनि जफत

काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए ।

उनकाअनुसार यो समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन सकेन भने भोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भयो । यो समूहले कहिले ल्याउँछु पनि नभनेकाले रद्द गर्नु परेको श्रेष्ठले बताए ।

उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए । विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]