बैशाख १४, २०८१ शुक्रबार

झापामा चारै जनाको कोरोना रिपोट नेगेटिभ

मेचीनगर । झापा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त रहेको छ । परीक्षणका लागि पठाइएको चार जनाको थ्रोट स्वावको रिपोर्टले कसैलाई पनि कोरोना नभएको पुष्टि गरेको छ । एक जनाको रिपोर्ट आउन बाँकी छ ।

कोरोना संक्रमणको जस्तो लक्षण भएका कारण मेची अञ्च्ल अस्पतालमा विदेशबाट आएका झापाका पाँच जनालाई आइसोलेसनमा राखिदै आएको थियो ।

??????????????????????????????????????????????????????????

मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले बुधवार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको २ जनाको रिपोर्टमा नेगेटिभ उल्लेख छ । मंगलवार २ जनाको नेगेटिभ रिपोर्ट आएको थियो ।

कोरोना नभएको रिपोर्ट आएका चारै जनालाई अस्पतालको आइसोलेसनबाट होम क्वारेन्टाइनमा पठाइएको छ । बुधवार रिपोर्ट आएका २ जना भद्रपुर वडा नं। २ का हुन् । आइसोलेसनमा रहेका झापा गाउँपालिकाका एक जनाको रिपोर्ट आउन बाँकी छ ।

झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाहरुको पहिचान भएको हो । कोरोना सङ्क्रमण फैलिएका मुलुकहरुबाट उनीहरु झापा फर्किएका हुन् ।

विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई स्थानीय सरकारले मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

बिदेशबाट आएक ४६८ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार सबैभन्दा बढी आएकाहरुमा भारतबाट ३११, दुवईबाट ११५ र कतारबाट ७८ रहेका छन् । साउदी अरब र अस्टे«लियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराईन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन् । सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बङ्गलादेश, जापान, अमेरिकालगायत २२ देशबाट नेपालीहरु झापामा आएका हुन् ।

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]