बैशाख ६, २०८१ बिहीबार

घरैबाट कोरोना विरुद्ध लड्नुहोस्, भोकै मर्न दिन्नौं : सांसद कार्की

काँकरभिट्टा । विश्व यतिबेला कोरोना भाइरस विरुद्ध संघर्षरत छ । यो भाइरसका कारण करिब ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब २ लाख मानिसमा संव्रmमण देखिएको छ । यो संख्या अप्रत्यासित रुपमा बढ्दो छ ।

नेपालमा हालसम्म ५ जनामा संव्रmमण देखिएको छ भने त्यसमध्ये एक जनाको उपचार भएको छ । यस्तो विसम परिस्थितिलाई धैर्य र सचेनतापूर्वक सामना गर्न प्रतिनिधि सभा सदस्य तथा पूर्व सञ्चार मन्त्री राम कार्की पार्थले आग्रह गरेका छन् । झापा मेचीनगर –९ स्थित आफ्नै निवासमा रहेका कार्कीले आज आफ्नो क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा यस्तो बताएका हुन् । कार्कीले आम जनतालाई रोग विरुद्धको सरकारी अभियानलाई साथ दिन आग्रह गरेका छन् ।

उनले लक डाउनका कारण खाद्यन्न अभाव हुने र कतिपय अवस्थामा भोकै मर्नु पर्ने अवस्था आउन सक्ने कुरा प्रति लक्षित गर्दै भने – “तपाईहरु घरै बसेर कोरोना विरुद्ध लड्नुहोस्, भोकै मर्न हामी दिदैनौं ।”

संघीय सांसद कार्कीको निवासमा बुधवार दिउँसो सम्पन्न बैठकबाट तीन तहकै सरकारलाई जनतालाई चाडो भन्दा चाडो राहत उपलब्ध गराउन विशेष पहल गर्ने निर्णय गरेको प्रदेश सांसद गोपाल बुढाथोकीले बताउनु भयो । सांसद बुढाथोकीका अनुसार लकडाउन प्रभावित जनतालाई राहत वितरण गर्दा एकद्वार नीति अवलम्बन गरिने छ । बैठकबाट सरकारले निर्धारण गरेको विधिबाहेक जतासुकैबाट राहत वितरण गर्दा अराजकता उत्पन्न हुने भएकाले व्यक्तिगत या संस्थागत रुपमा संकलन भएका राहत सामग्रीहरुको वितरण भने वैद्य र एकद्वार प्रणाली अन्तरगत गर्न गराउन सम्बन्धित पक्षलाई आग्रह समेत गरिएको छ ।

तीन तहको सरकारले विभिन्न प्याकेजमा राहतका कार्यव्रmम सार्वजनिक गरिरहेका बेला सरकारी राहतका कार्यव्रmमहरुलाई जनता समक्ष सहज र प्रभावकारी रुपमा पुर्याउन सम्बन्धित क्षेत्रका सांसदको ठुलो भूमिका हुने भएकाले र त्यसका लागि आवश्यक तयारी भइरहेको बैठकमा सहभागी प्रदेश सांसद श्रीप्रसाद मैनालीले बताउनु भयो । विशेष गरी गरीब, विपन्न र श्रमिकहरुको अवस्था नाजुक हुन सक्ने तर्फ लक्षित गर्दै सांसद मैनालीले आआफ्ना उद्योग, व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदुरहरुको खाद्य व्यवस्थापन सोही उद्योगी र व्यापारीहरुले गर्नुपर्ने बताउनु भयो ।

यस्तो बेलामा तल्लो तहका सामुदायिक संस्था, टोलविकास संस्था, सहकारी संस्था, लायन्स क्लबहरु, लगायतका संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सांसद कार्कीले जनस्तरबाट भएका प्रयासमा जनप्रतिनिधि(सांसद)हरुको तर्फबाट योगदान रहेने बताउनु भयो । संकटको बेलामा नगरभित्रको भरपर्दो, विश्वसनीय, बैधानिक र संगठित साझा संस्थाको रुपमा रहेको मेची उद्योग वाणिज्य संघले राहत संकलन कार्यमा अगुवाई गर्दा राम्रो हुने धारणा राख्दै सांसद कार्कीले यस्ता अभियानमा साथ र सहयोग रहने बताउनु भयो ।

स्थानीय सरकार अधिकार सम्पन्न भएको र आफ्नो क्षेत्रभित्र रही आफ्ना नागरिकलाई सेवा प्रवाह गर्न सांसद कार्कीले आग्रह गर्नु भयो । सबै सांसदहरुको एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा भएको र सो रकम समेत स्थानीय सरकार मार्फत आउने उहाँले बताउनु भयो । कार्कीका अनुसार राहत पारदर्शी र प्रभावकारी रुपमा लक्षित वर्गसम्म पुग्ने व्यवस्था मिलाउन सबैलाई सहयोग गर्न बैठकले निर्णय गरेको सांसद कार्कीले बताउनु भयो । कोरोना भाइरसको सन्त्रास भएका बेला सांसदहरुको स्थानीय स्तरमा भएको यो पहिलो बैठक हो । जनताप्रति उत्तरदायी बन्दै सबै स्थानीय स्तरमा सांसद तथा जनप्रतिनिधिहरुले तदारुकता देखाउन आवश्यक छ ।

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  ६ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]